प्रस, वीरगंज, ६ साउन/
नेशनल युनियन अफ जर्नालिस्ट बिहार रक्सौल अनुमण्डल एकाइको आयोजनामा आइतवार ‘भारत–नेपाल सम्बन्धः विगत र वर्तमान’बारे विचार गोष्ठीसहित सम्मान कार्यक्रम सम्पन्न भएको छ।
पत्रकार विपिन कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रमको भारतका सांसद सञ्जय जयसवालले उद्घाटन गरेका थिए। उनले नेपाल–भारत सम्बन्ध सदिऔंदेखि कायम रहेको र अहिले पनि यो सम्बन्ध विगतभन्दा अझ प्रगाढ बन्दै गएको बताए।
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले पनि नेपाल–भारत सम्बन्धबारे चर्चा गरेका थिए। कार्यक्रममा मधेस प्रदेशसभा सदस्य जीतेन्द्र सोनल, पूर्वसदस्यहरू प्रह्लाद गिरी, जन्नत अन्सारी, ओमप्रकाश शर्मा, करीमा बेगम, रक्सौल नगरपरिषद्का सभापति धुरपतिदेवी, नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैदलगायतले नेपाल–भारत सम्बन्धबारेमा चर्चा गरेका थिए। कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो।