प्रस, वीरगंज, ६ साउन/
वीरगंज–कलैया सडकखण्ड अन्तर्गत नौतननजीकै सिटीराइड बसको ठक्करबाट एकजना पैदलयात्री गम्भीर घाइते भएका छन्।

कलैयाबाट वीरगंज आउँदै गरेको ना.३ख ८५१६ नम्बरको सिटीराइड बसले आइतवार दिउँसो ठक्कर दिंदा बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवाना निवासी ५० वर्षीय नारायण अधिकारी घाइते भएका हुन्।

अधिकारी नौतनस्थित एलएस न्यूरो हस्पिटलमा बिरामी भेट्न जाँदै गर्दा बसले ठक्कर दिएको थियो। घाइते अधिकारीको एलएस न्यूरो हस्पिटलमा उपचार भइरहेको र ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय, प्रसौनीले नियन्त्रणमा लिएको छ। बसचालक फरार रहेको बारा प्रहरीले जनाएको
छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here