प्रमोद यादव, पंचगावाँ, ६ साउन/
पर्सा जिल्लाको ऐतिहासिक मुख्य धार्मिक पर्यटनस्थलको रूपमा रहेको श्री श्री १०८ श्री दुधेश्वर महादेव मन्दिर, रामभौरीभाठाधाममा आइतवारदेखि साउने मेला लागेको छ। आजदेखि शुरू भएको मेला एक महीना साउनभरि सञ्चालन हुन्छ। आजदेखि तिथिले साउन महीना शुरू भएकोले साउने मेला पनि आजबाट शुरू भएको हो।
दुधेश्वर महादेव मन्दिर पूर्वमा पर्सा राष्ट्रिय निकुञ्ज आधाभार, उत्तरमा घोडेमसान, पश्चिममा शिकारीवास र दक्षिणमा चारभैया सोनवर्षा पर्छन्।
यो मन्दिरमा परापूर्वकालदेखि वर्षको चारपटक साउनमा एक महीने, माघमा वसन्त पञ्चमीको दिन, फागुनमा महाशिवरात्रि र वैशाखमा त्रयोदशीको दिन मेला लाग्ने गर्छ।
धार्मिक जनविश्वास लिएर भाखल पूरा भएकाहरू बारा, पर्सा, रौतहट, चितवन र छिमेकी भारतका विभिन्न स्थानबाट महादेवप्रति आस्था विश्वास लिएर भक्तजनहरू आउने गरेका दुधेश्वर महादेव मन्दिर समिति अध्यक्ष ज्ञानलाल पटेलले बताए।