प्रमोद यादव, पंचगावाँ, १ साउन/
पटेर्वासुगौली गाउँपालिका–४ देउरियामा २० किलोग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा हनुमान मन्दिरको छेउमा बोराभित्र रहेको चरेस बरामद गरेको प्रहरी निरीक्षक मोहन बुढाथापाले जानकारी गराए । चरेस लिएर आउँदै गरेको सूचना पाएपछि गस्तीमैं रहेको प्रहरी खेतको बाटो गइरहेको अवस्थामा चरेस बोक्ने व्यक्ति आइरहेको र प्रहरीलाई देखेपछि चरेस छोडेर भागेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here