प्रस, वीरगंज, १ साउन/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका एकजना कर्मचारीको सोमवार करेन्ट लागेर मृत्यु भएको छ ।

वीरगंज महानगरपालिका–१२ मुर्लीमा विद्युत् पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर रामबाबू चौधरी मलाहाको मृत्यु भएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले जानकारी दिए । वीरगंज–२५ निवासी मलाह करेन्ट लागेर घाइते भएपछि उपचारका लागि गण्डकस्थित वयोधा मेडिसिटी अस्पतालमा पु¥याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here