प्रस, वीरगंज, १ साउन/
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, बाराले चैते धान क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत धान जोन एकाइ, पर्साले जोतपुर कृषि सहकारी संस्था लिमिटेडमार्पmत पटेर्वासुगौली गाउँपालिका–५ निचुटामा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ ।
कृषि यान्त्रिकीकरण ५० प्रतिशत अनुदानमा खेतीपाती एव सिंचाइ गर्न विद्युतीय मोटर १५ थान, बालीनालीमा कीराको प्रकोप र रोगबाट बचाउन विषादी छर्नको लागि स्प्रेयर टङ्की औजार ४० थान, काँटा छ थान र जिङ्क जाइम एक हजार पाकेट वितरण गरिएको छ ।
कार्यक्रममा इप्रका, पटेर्वासुगौलीका प्रहरी निरीक्ष्Fक मोहन थापा, जसपा नेपाल पर्साका उपाध्यक्ष नागेन्द्र यादव, नेपाली काङ्ग्रेसका काशी साह तेली, नेकपा एमाले अध्यक्ष पुरन यादव, सचिव शेषनाथ साह, रेडक्रस उपशाखा निचुटा प्रतिनिधि नन्दलाल चौधरी, पौरखी बचत सहकारी संस्थाका गौतम चौधरी, साना किसान सहकारी संस्था निचुटाका अध्यक्ष किसुन थारू, जसपा एकाइ अध्यक्ष रामचन्द्र यादव, व्यास यादव, लालबाबू चौधरीलगायतको सहभागिता थियो ।
जोतपुर कृषि सहकारी संस्थाका अध्यक्ष दरोगा मियाँको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामानन्द मिश्र र स्वागत अब्दुल आलमले गरेका थिए ।