प्रस, वीरगंज, ३१ असार/
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भारत, उत्तर प्रदेशस्थित श्रीरामको नगरी अयोध्या नगर निगमका महापौर (मेयर) महन्त गिरीशपति त्रिपाठीसँग भेटघाट गरेका छन्।
आइतवार नगरप्रमुख सिंहसहित पुगेको प्रतिनिधिमण्डलको टोलीलाई महापौर महन्त त्रिपाठीले माला र टोपी लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा अयोध्या श्रीराम न्यास मन्दिरका पुजारी दुर्गा गौतम, प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका सद्भावनादूत अशोक बैद, वडाध्यक्षहरू रमेश यादव, प्रदीप चौरसिया, जगत साह कानूलगायतको सहभागिता थियो।