काठमाडौं, २७ असार/रासस

निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन्। लमजुङ, दाङ, चितवन, वाग्लुङ, पर्वत, उदयपुरका विभिन्न सडक अवरुद्ध भएका छन्।

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ स्थित झोलुङ्गे पुल र सिमलतालमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएर सवारीसाधन सञ्चालनको प्रयास जारी छ।

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन: पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोलानजीक खसेको पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको छ। इलाका प्रहरी कार्यालय, मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार वर्षा नरोकिएकाले ठाउँठाउँमा पहिरो खसिरहेको छ। सडक दुईतर्फी खुलाउन अझै केही समय लाग्नेछ। यसैबीच, स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक यो सडकबाट यात्रा नगर्न अनुरोध गरेको छ।

मालढुङ्गा–बेनी सडक अवरुद्ध : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत पर्वतको मालढुङ्गा–बेनी सडकखण्ड अवरुद्ध भएको छ। गएरातिको भारी वर्षाका कारण तीन ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध बनेको हो। मालढुङ्गादेखि बेनीसम्मको १३ किलोमिटर लामो बाटोको कुश्मा नगरपालिका–१ मालढुङ्गानजीकै भीरबाट ढिस्कोसहितको पहरो खसेको छ। त्यसैगरी, जलजला गाउँपलिका–८ स्थित फनफनेमा पनि सडक अवरुद्ध भएको छ। पर्वतमा पहिराले छ घर पुरिए पर्वतको मोदी गाउँपालिकामा छवटा घर पुरिएका छन्। मोदी गाउँपालिका– २ देउपुरको जरुवाका छवटा घर पुरिएका छन् भने जोखिममा रहेका अन्य नौ परिवार गरी १५ परिवार पूर्ण विस्थापित भएका जिल्ला प्रहरी कार्यालय, पर्वतले जनाएको छ। बुधवार दिउँसोदेखि नै पहिरो खसेको हो। कुश्मा नगरपालिका– ११ पकुवाको छापामा पनि एउटा घर पुरिएको प्रहरीले जनाएको छ।

गाईघाट–दिक्तेल सडक अवरुद्ध: उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ को रातमाटे डाँडामा पहिरो खस्दा गाईघाट–दिक्तेल सडक अवरुद्ध भएको छ। बुधवार अपराह्नदेखि उक्त सडक अवरुद्ध भएको हो। एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन सञ्चालन गराउने प्रयास जारी छ। जिल्ला प्रशासन कार्यालय, त्रियुगा नगरपालिका र गाईघाट–दिक्तेल सडक कार्यालयले एकीकृत प्रयास गरिरहेका छन्।

मध्यपहाडी राजमार्ग बन्द पहिरोका कारण मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ। बागलुड्ढो काठेखोला गाउँपालिका–६ बयलडाँडास्थित सडकमा पहिरो खस्दा मध्यपहाडी पुष्पलाल राजमार्ग बन्द भएको जिल्ला प्रहरी कार्यालय बागलुड्ढा प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

बेंसीशहर–चामे सडक पनि खुलेन लमजुङ र मनाङ जोड्ने बेंसीशहर–चामे सडक १० दिनदेखि बन्द छ। बाढीले मनाड्ढो चामे गाउँपालिका–१ तिमाङखोलाको पक्की पुल बगाएपछि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छैनन्। विसंं २०७८ असार महीनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो। दुई वर्ष अघि त्यहाँ मोटरेवल पक्की पुल निर्माण गरिएको थियो।

पथान्तरणमा क्षतिबाढीका कारण: घोराही–तुलसीपुर र घोराही सडक पनि अवरुद्ध भएको छ। पुल निर्माण जारी रहेको घोराही–तुलसीपुर खण्डमा गरिएको पथान्तरण बाढीमा बगेपछि उक्त सडक बन्द भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here