चिरञ्जीवी सापकोटा, ठोरी, २६ असार/

ठोरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई ठोरीका पर्यटकीय गन्तव्यमा पुग्न सहज होस् भन्ने उद्देश्यले आज डिजिटल सूचना डेस्कको उद्घाटन गरिएको छ। ठोरी जङ्गल रिसोर्टमा आयोजित कार्यक्रममा ठोरी गाउँँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले डिजिटल सूचना डेस्कको उद्घाटन गरेका हुन्।

ठोरी जङ्गल रिसोर्टका अध्यक्ष सुदीप थापाले आप्mनो १४ औं वैवाहिक वर्षगाँठको अवसर पारी निजी लगानीमा उक्त कार्य थालेका हु।

क्यु आर स्कानिङबाट स्क्यान गरी उक्त सुविधा पर्यटकहरूले उपयोग गर्न सक्नेछन्। उक्त डिजिटल क्युआर ठोरी गाउँँपालिका भित्रका विभिन्न स्थानमा राखिएको छ। उक्त गुगल म्यापमा ठोरीका विभिन्न स्थानको नक्शाङ्कन राखिएको छ।

ठोरी जङ्गल रिसोर्टका अध्यक्ष सुदीप थापाको अध्यक्षतामा आयोजित डिजिटल सूचना डेस्क उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका अध्यक्ष श्रेष्ठले यस डिजिटल सूचना डेस्कको माध्यमबाट ठोरीलाई विश्वमा चिनाउन मदत पुगेको बताए। पर्यटनको क्षेत्रमा मधेस प्रदेशले ठोरीलाई झुक्काएको बताउँदै प्रदेश सरकारले ठोरीवासीको मन जित्न नसकेको धारणा राखे।

ठोरीलाई मधेस प्रदेश सरकारले प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरी ठोरीमैं मन्त्रिपरिषद्को बैठक बसी तत्कालीन मुख्यमन्त्री लालबाबू राउतले १० करोड दिने घोषणा गरे तापनि कुनै रकम विनियोजन गर्न नसकेको कुरा स्मरण गर्दै अध्यक्ष श्रेष्ठले अहिलेको प्रदेश सरकारले यसलाई प्राथमिकताका साथ कार्य थालनी गरे ठोरीवासीको प्रदेश सरकारप्रति गुमेको विश्वास फर्किन सक्ने धारणासमेत राखेका थिए।

कार्यक्रममा ठोरी गापा उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, वडाध्यक्ष अमृतकृष्ण सापकोटा, निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेत, नेकपा एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ, रास्वपा ठोरीका अध्यक्ष माधव बस्नेत, समृद्ध ठोरीका संयोजक प्रकाश खनाल, सुनाखरी होमस्टेका अध्यक्ष शम्भुराम पौडेल, मङ्गुराहा रिसोर्ट भारतका सञ्चालक बादल लगायतका व्यक्तिले ठोरीलाई पर्यटनसँग जोडेर अघि बढे मात्र ठोरीको विकास सम्भव हुने धारणा व्यक्त गरेका थिए।

ठोरी जङ्गल रिसोर्टका निर्देशक धीरसिंह घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण चिरञ्जीवी सापकोटाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here