-सञ्जय साह मित्र

अहिले जनसङ्ख्या वृद्धि भइरहेको छ। विश्वको विभिन्न देशमा जनसङ्ख्या वृद्धि समस्याको रूपमा देखिएको छ र केही देशहरूमा भने जनसङ्ख्या बढाउनु पर्ने आवश्यकता छ। अहिलेको परिस्थिति कस्तो देखिएको छ भने गरीब देशको जनसङ्ख्यामा वृद्धि भइरहेको र धनी देशको जनसङ्ख्या कम भइरहेको वा शिक्षित देशको जनसङ्ख्या नियन्त्रणमा रहेको तथा वृद्धि गर्नुपर्ने अवस्थामा रहेको र शिक्षामा पछाडि रहेका देशको जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। विश्वमा गरीब वा कम शिक्षित देशको सङ्ख्या बढी छ। विश्वमा करीब १९५ देश छन्। यीमध्ये अधिकांश देश गरीब छन्। गरीब देशको सङ्ख्याको तुलनामा धनी देशको सङ्ख्या कम छ। यसैगरी शिक्षामा धेरै विकास गरेका देशहरूको सङ्ख्या कम र शिक्षामा विकास गर्नुपर्छ भनी लगानी गरिरहेका देशहरूको सङ्ख्या तुलनात्मकरूपमा बढी छ।

कतै जनसङ्ख्या कम भइरहेको र कतै जनसङ्ख्या वृद्धि भइरहेको अवस्थामा जनसङ्ख्या वृद्धि भइरहेको क्षेत्रमा पनि समस्या र जनसङ्ख्या कम भइरहेको क्षेत्रमा पनि समस्या देखिएका छन्। जनसङ्ख्याको चाप सन्तुलित रहँदा नागरिक गुणस्तरीय हुन्छन्। यसैले कुन देशको आदर्श जनसङ्ख्या कति हो, कुन आधार र कुन उद्देश्यका लागि कुन वर्ष आदर्श जनसङ्ख्या कति हुनुपर्छ भन्ने प्रश्न सजिलो छैन। हरेक दिन परिस्थिति परिवर्तन भइरहेको हुन्छ। खास ठाउँमा विभिन्न कारणले जनसङ्ख्याको आवश्यकता परिरहन्छ र कतिपय अवस्थामा जनसङ्ख्या बढी भएको हुन्छ। आदर्श जनसङ्ख्या पनि विचारणीय पक्ष्F हो। जनसङ्ख्या बढी भयो भनेर नियन्त्रण गर्न खोज्ने देशले केही दशकपछि जनसङ्ख्या बढाउन अनेक उपाय गरेको पनि देखिएको छ। यसकारण विश्वको लागि जनसङ्ख्याको आदर्श आकार के हुने भन्ने कुरामा जनसङ्ख्याविद्हरूले विभिन्न पक्षमाथि विचार गरेर मात्र निष्कर्ष दिन सक्लान् तर यो सामान्य कुरो भने होइन।

अहिले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी भइसकेको छ। विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देश चीनलाई उछिनेर अहिले भारत बढी जनसङ्ख्या भएको देश बनेको छ। तर यहाँनेर एउटा विचारणीय पक्ष यो पनि छ कि चीनले जनसङ्ख्यामाथि नियन्त्रण कायम गरिसकेको छ किनभने चीनमा भएको पछिल्लो जनगणनाले त्यहाँको कुल जनसङ्ख्या दश वर्षमा केही घटेको नतीजा देखाएको थियो अर्थात् त्यहाँ जनसङ्ख्या अब नियन्त्रणमा आउने दिशामा रहेको सङ्केत गरेको थियो।

जहाँ जनसङ्ख्या अपेक्षाभन्दा कम भइसकेको छ वा भइरहेको छ, त्यहाँ आवश्यक पर्दा जनसङ्ख्या नीतिको सवालमा केही लचिलो वा कतिपय देशले बालबच्चा बढी जन्माउनेलाई प्रोत्साहन गर्ने नीति लिएको पाइएको छ। यो आफ्नै ठाउँमा छ तर कतिपय देशले विभिन्न देशबाट नागरिकलाई लैजाने गरेको पनि देखिन्छ। संसारमा यस्ता देश छन् जसले अन्य देशमा जन्मे–हुर्केका नागरिकलाई पनि केही मापदण्डको आधारमा आफ्नो देशमा स्थायी बसोवासको अनुमति दिन्छन्। सामान्य बुझाइमा यो भन्न सकिन्छ कि त्यस्ता देशमा जनसङ्ख्याको अभाव देखिन थालिएको होला वा निकट भविष्यमा जनसङ्ख्या अभाव देखिने सम्भावना छ। देशको कुनै पनि काममा जनसङ्ख्या अपुग हुनुको कारण केही बाधा नपरोस् भनेर यस किसिमको उपाय गरिएको हुनुपर्छ। जनसङ्ख्याको चाप कम भएको देशमा बाहिरबाट मानिस लैजाने चलन चलिसकेको छ भने जहाँ जनसङ्ख्या बढी भएको लागिरहेको छ त्यहाँका मानिस विभिन्न कारणले त्यस्ता देशमा जाने गरेका छन्, गइरहेका छन्।

विश्वमा हरेक वर्ष जनसङ्ख्या बढिरहेको छ। जनसङ्ख्या बढिरहँदा जहाँबाट मानिस विभिन्न कारणले पलायन भइरहेका छन् र जहाँ पुगिरहेका छन्, त्यहाँ उनले पाउने सम्मान पनि एउटा पक्ष रहेको छ। सामान्यतया त्यस्ता देशमा तीन किसिमका मानिस रहने गरेका छन्। पहिलो रैथाने, दोस्रो पिआर लिएर पुगेका र तेस्रो चाहिं शरणार्थी भएर पुगेका वा विभिन्न देशका शरणार्थीलाई बसोवास दिएर नागरिक बनाइएका मानिसहरू। सबै किसिमका नागरिकको सम्मान एकै पनि हुन सक्छ वा केही सीमासहितको पनि हुन सक्छ। एउटा देश छाडेर मानिस जब अर्को देशका पुग्दछ, स्वाभाविक रूपमा त्यहाँको कानून र नियम तथा नीति मानेर बस्नुपर्ने हुन्छ वा पहिले नै त्यहाँको नीति, नियम, कानून तथा संविधानको पूर्ण पालना गर्ने पूर्ण प्रतिबद्धता जनाएको हुन्छ। कुनै देशको नागरिक बन्नुभन्दा महत्वपूर्ण पक्ष त्यहाँको नागरिकजस्तै सम्मान पाउनु हो। नागरिकको हैसियतले पाउनुपर्ने सम्मान पाउन थालेपछि नागरिक हुनुको अर्थ रहन्छ। वास्तवमा नागरिकको सम्मान दुई किसिमको हुन्छ। आफू्ले आफैंलाई गर्ने सम्मान र अरूले गर्ने सम्मान। आफू्ले आफैंलाई गर्ने सम्मान आफ्नो कर्ममा पनि निहित हुन्छ, आफ्नो परिवेशमा पनि निहित हुन्छ तर अरूले वा राष्ट्रले गर्ने सम्मानले मानिसमा गौरवको अनुभूति हुन्छ। यदि कोही आफ्नो समाज र देशलाई सम्पूर्णतः त्याग गरेर गएको छ र जहाँ पुगेको छ त्यहाँ उसको मानसिकता अनुसारको सम्मान छैन भने मनमा असन्तोष भइरहन्छ।

सामान्यतया के प्रवृत्ति देखिएको छ भने गरीब देशबाट विकसित देशमा पुगेका मानिसहरू एक पुस्तापछि आपूmलाई उतैको बनाइसकेका हुन्छन्। यस्तामध्ये शायदै कोही होला जो आफ्नो पुरानो देश फर्कने सपना देख्छ। बरु बिस्तारै घरपरिवार वा आफन्तका अन्य सदस्यलाई तान्छ। आफन्तहरूको चाहनामा पनि उतै शिफ्ट हुन पाए हुन्थ्यो भन्ने हुन्छ। पलायनवादी विचार त होइन तर जहाँ छु त्यहाँभन्दा राम्रो अवसर देखेर मानिसले त्यस्तो गर्छन् होला। फेरि यसरी बसाइँ सर्ने मानिसहरू जुन देशमा पुग्न चाहेका हुन्छन्, त्यस देशमा जनसङ्ख्या असन्तुलन ल्याउनेगरी त्यहाँको सरकारले अनुमति दिंदैन। जनसङ्ख्या सन्तुलनमा रहने किसिमले नै कुनै पनि देशले अन्य देशका नागरिकलाई बसोवासको अनुमति दिन्छ। वर्तमान परिवेश यस्तो भइसकेको छ कि जुनसुकै देशमा पुगे पनि त्यहाँको नागरिक भइसकेपछि, स्वदेशमा उनको सम्मान बढेकै छ। तर सर्वसाधारणले बिर्सलान्, आपूm जन्मेको ठाउँको स्मृति आउनासाथ अभ्यन्तरमा तिनले आप्mनो सम्मान बढेको अनुभूति गर्ने गर्दछन्। यसै कारणले हुनुपर्छ परदेशमा सबै थोकले सम्पन्न जीवन बाँचिरहेकाहरू आप्mनो भूमिमा आउँदा, टेक्न पाएकोमा गौरवबोध गर्दछन्।

समग्र जनसङ्ख्या मात्र होइन, कुनै पनि क्षेत्रको जनसङ्ख्या बढ्दा मानिसले आप्mनो गुणका कारण बढी सम्मान पाउने हो। गुण नहुँदा सम्मान पाउने सम्भावना जहाँ पनि कम हुन्छ। यो पनि सत्य हो कि मानिस जबसम्म राम्रो रहन्छ तबसम्म मात्र सम्मान पाउने हो र जहाँबाट मानिसको नजरमा कुनै मानिस खस्किन शुरू गर्दछ त्यहींबाट उसको सम्मानमा पनि कटौती हुन थाल्छ। यो विश्वव्यापी सत्य हो। जनसङ्ख्या वृद्धिले मानिसको सम्मान कम हुने होइन तर जहाँ जनसङ्ख्या फालाफालको स्थिति छ, त्यहाँ आम नागरिकको सम्मान कतैबाट भइरहने अवसर भने कम हुन्छ  वा, कतिपय अवस्थामा आफ्नो सम्मानको मूल्य पनि बुझ्न सक्दैनन्। जे होस्, जुनसुकै अवस्थामा पनि मानिसले खोज्ने सम्मान हो। सम्मानका हकदारले जहाँसुकै पनि सम्मान पाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here