संसद्मा गीतबाट सवाल–जवाफ

काठमाडौं, २४ असार/रासस नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गित बनेको छ। उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेन्चमा बसेको छ। एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

राजनीतिक बाँदरहरूको झुन्ड

-राजेन्द्रप्रसाद कोइराला There is no stability without solidarity and no solidarity without stability”– Jose Manuel Barroso यो देशलाई साँच्चै सतीको सराप नै परेको रहेछ। कहिल्यै देशले राजनीतिक स्थायित्व नपाउने भयो। प्रचण्ड सरकारले आँट गरेरै गृहमन्त्री रवि लामिछनेलाई पुराना भ्रष्टाचारीहरूको फाइल निर्धक्क खोल्न म्यान्डेट दिनेबित्तिकै भ्रष्टाचारीहरू धमाधम गिरप्mतार हुन थालेका थिए र जब निसाना आरजु राणा […]

तराईमा स्याउखेती

नेपालको हिमाली र पहाडी क्षेत्र जहाँको हावापानी चीसो हुन्छ, त्यस क्षेत्रमा स्याउखेती हुने गरेको सर्वविदितै छ। नेपालमा कीर्तिपुर, दामन, रसुवा, हुम्ला, जुम्ला, मुस्ताङ, मनाङ, डोल्पा, मुगु र कालीकोटमा स्याउखेती हुने गरेको छ। नेपालमा उत्पादित यी स्याउ तराईका जिल्लाहरूसम्म आइपुग्दैनन्। आए पनि थोरै मात्रामा त्यहाँ गएका र त्यहाँबाट आउने आफन्तहरूबाट नेपालमा उत्पादित स्याउको स्वाद तराईवासीहरूले पाउने […]

सरकारले पालिकाहरूको अनुदान कटौतीमा सुधार गर्यो, सात प्रतिशत मात्र अनुदान कट्टा गरेर बजेट पठायो

प्रस, वीरगंज, २३ असार/ सङ्घ सरकारले पालिकाहरूको बजेट कटौती गरेकोमा केही थप गरेर पठाएको छ। चालू आवको बजेटमा सरकारले पालिकालाई प्रदान गर्दै आएको बजेटमा करीब २५ प्रतिशत अनुदान सहयोग कटौतीको घोषणा गरेको थियो। तर असार १९ गतेसम्म सरकारले सो कटौती अनुदान सहयोगमा परिवर्तन गरी सात प्रतिशत मात्र अनुदान सहयोगमा कटौती गरेर बाँकी रकम पालिकाहरूमा पठाएको […]

नारायणी सिंचाइको साढे चार करोड रकम फ्रीज

प्रस, परवानीपुर, २३ असार/ नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, गण्डक, वीरगंजको करीब साढे चार करोड रकम फ्रीज भएर जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई फिर्ता पठाउनुपरेको छ। विभिन्न प्राविधिक कारणले सो रकम फिर्ता पठाउनुपरेको कार्यालयका प्रमुख मनोरञ्जन सिंहले जानकारी गराए। बारा जिल्ला, आदर्श कोतवाल गाउँपालिका–७ मा पर्ने जमुनी खोलाको तटबन्ध निर्माण एवं १७ बिघा जग्गा मुआवजाबापतको रकम प्राविधिक […]

आयात नबढेसम्म मलको समस्या हट्दैन–प्रमुख पाण्डे

प्रस, परवानीपुर, २३ असार/ धानबाली लगाउने अहिले मुख्य सिजन हो। तर किसानले भने रासायनिक मल पाइरहेका छैनन्। माग बमोजिमको आपूर्ति नहुनाले प्रत्येक वर्ष किसानले बाली लगाउने बेलामा यो समस्या झेल्दै आउनुपरेको छ। यस वर्ष पनि पर्साका किसानले माग अनुसारको मल पाउन सकेका छैनन्। वीरगंज–१८ सुखचैनाका मन्द्रिका साहले मलको लागि वडा कार्यालय र विभिन्न सहकारी चहार्दासमेत […]

कृषि ज्ञान केन्द्र, पर्सामा पटकपटक हाकिम परिवर्तन हुँदा तीन करोड फ्रीज

प्रस, परवानीपुर, २३ असार/ जिल्लास्तरमा किसानसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयको रूपमा कृषि ज्ञान केन्द्रलाई चिनिन्छ। तर कृषि ज्ञान केन्द्र, पर्साको चालू आवमा करीब तीन करोडभन्दा बढी रकम फ्रीज भएको बुझिएको छ। काम गर्न नसकेर सो रकम फ्रीज भएको किसानहरू बताउँछन्। चालू आवको शुरूमा कार्यालय प्रमुखमा मुनिलालप्रसाद रौनियार, त्यसपछि शङ्कर साह, हरिशङ्कर जयसवाल कार्यालय प्रमुखको […]

गहवामाईको दोस्रोपटक रथयात्रा

प्रस, वीरगंज, २३ असार/ गहवामाई मन्दिर पुनर्निर्माणको १२ वर्ष पुगेको अवसरमा आइतवार दोस्रोपटक रथयात्रा निकालिएको छ। गत वर्षदेखि शुरू भएको रथयात्रामा ठूलो सङ्ख्यामा भक्तजनहरू सहभागी भएका थिए। रथयात्रा माईस्थान मन्दिरबाट शुरू भएर नगरपरिक्रमा गरी सोही ठाउँमा आएर समापन भएको थियो। भोलि सोमवार साँझ महाप्रसाद वितरण गरिने छ भने आज साझ आरती पूजाको गरिएको थियो। रथयात्राको […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।