There is no stability without solidarity and no solidarity without stability”– Jose Manuel Barroso
यो देशलाई साँच्चै सतीको सराप नै परेको रहेछ। कहिल्यै देशले राजनीतिक स्थायित्व नपाउने भयो। प्रचण्ड सरकारले आँट गरेरै गृहमन्त्री रवि लामिछनेलाई पुराना भ्रष्टाचारीहरूको फाइल निर्धक्क खोल्न म्यान्डेट दिनेबित्तिकै भ्रष्टाचारीहरू धमाधम गिरप्mतार हुन थालेका थिए र जब निसाना आरजु राणा र केपी बातिर तेर्सियो। बालेनकै शब्दमा ‘कालेकाले मिलेर खाउँ भाले’, ‘यो बिहानी गिरी टि स्टेटको चिया हो’ भनी स्ट्याटस लेखेजस्तै यो कार्यलाई रोक्नेभन्दा संविधानका केही बुँदामा परिवर्तन गर्ने नाममा फेरि अनैतिक साँठगाँठ गरेर जनतालाई मूर्ख बनाउन खोजिरहेका रहेका छन्। संविधानका केही बुँदा परिवर्तन नै गर्नु थियो भने यो सरकारले यिनीहरूलाई के बाधा पु–याउँथ्यो होला ? २०४७ सालदेखि देशलाई लुटेर यी दुई दलले अझै लुट्न के बाँकी छ र ? गिरिजा प्रसादले रोपेको चौहत्तरे र छत्तीसेको विषले आज देशलाई यो दुरवस्थामा पु–याएको छ। यो देशको सबैभन्दा ठूलो आतङ्ककारी गतिविधिको शृङ्खला शुरू गर्ने नै गिरिजा थिए। त्यसपछि गिरिजाकै पदचिह्नमा हिंड्दै एमालेले पनि त्यही ग–यो र देशलाई लुट्नुसम्म लुट्यो। माओवादी पनि यसबाट अछूतो रहन सकेन। आज पनि यिनीहरूका झोलेहरूले यो देशलाई लुट्न कुनै कसर छाड्नेवाला छैनन्।
नेपाली राजनीतिमा बाँदर प्रवृत्ति हाबी भएको छ भन्थे एकजना कवि। त्यो कुरा गम्दै जाँदा त्यो यतिबेला सत्य साबित भएको छ। बाँदर प्रवृत्ति भनेको आफैं गरेर पनि नखाने र गरिखानेलाई पनि गर्न नदिने व्यवहार हो। बाँदरले आप्mनो घर बनाउँदैन, न अर्कालाई बनाउन दिन्छ। बिगार्ने र भत्काउनेबाहेक बाँदरले आजसम्म राम्रो काम गरेको देखिन्न। यही कारण भनिएको हो, बाँदर प्रवृत्ति र त्यस्तै खाले व्यवहार नेपाली राजनीतिमा देखिएको हुँदा कविजीले नेपाली राजनीतिमा बाँदर प्रवृत्ति हाबी भएको भनेका हुन्। अब बाँदर प्रवृत्ति देखाउने को को हुन् भनेर कसैले सोधे भने जवाफ दिन गा–हो हुने चाहिं साँचो हो।
एउटा समय थियो, नेपालमा विश्वेश्वरप्रसाद कोइराला नामका एकजना बडो विद्वान् राजनीतिज्ञ थिए। तिनका दाइ थिए, मातृकाप्रसाद कोइराला। दाइभाइबीच राजनीतिमा खिंचातानी प–यो वा भनौं दुवैले एकअर्कालाई तल झार्न बाँदर प्रवृत्ति देखाए। त्यो बाँदर प्रवृत्तिले प्रजातन्त्रलाई कमजोर बनायो। घाटा नेपाल र नेपाली जनतालाई भयो। नेपाली काङ्ग्रेसभित्र अरू पनि नेताहरू थिए, जसमा टनाटन बाँदर प्रवृत्ति भरिएको थियो। एकथरी बाँदर प्रवृत्ति बोक्ने नेताहरू राजा महेन्द्रसँग खुसुक्क मिले। तिनले राजालाई साथ दिए, विपीलाई धोका दिए। त्यही बाँदर प्रवृत्तिका कारण प्रजातन्त्रको मृत्यु भयो। त्यसको परिणाम दलविहीन पञ्चायती व्यवस्थाको सुरुआत भयो। अब त्यो व्यवस्थाभित्र पनि बाँदर प्रवृत्तिका पञ्चहरू देखा परे।
राजखलकको कसले चाकडी गर्ने र सत्तामा पुग्ने, कसरी विरोधी पञ्चहरूलाई साइजमा राख्ने सोच पञ्चहरूमा पनि पलायो। एकथरीको नेतृत्व सूर्यबहादुर थापाले गर्थे भने अर्काथरीको लोकेन्द्रबहादुर चन्दले। यिनीहरूले चाहेका भए तत्कालीन राजा वीरेन्द्रले जनताको आर्थिक अवस्था परिवर्तन गर्न र देशलाई हरेक कोणबाट अघि बढाउन एशियाली मापदण्डमा पुर्याउने खालको मापदण्ड अनुसार काम गर्थे, तर तिनले त्यसो गरेनन्। तिनले बाँदर प्रवृत्ति देखाए। लोकेन्द्रले सूर्यबहादुरलाई छिर्के हान्ने र सूर्यबहादुरले लोकेन्द्रलाई पछार्ने गरिरहे। अरू पञ्च र दरबारका भाइभारदारहरू यी दुईको पछि लागे। पञ्चायती राजनीतिमा देखिएको बाँदर प्रवृत्तिले पञ्चहरू मात्रै डुबेनन्, पञ्चायती व्यवस्था पनि डुब्यो। अन्ततः २०४६ सालको प्रजातान्त्रिक आन्दोलनले पञ्च र पञ्चायती व्यवस्था सखाप भयो। राजा वीरेन्द्रबाट दलमाथिको प्रतिबन्ध फुकुवा भयो र दलीय व्यवस्था आरम्भ भयो। त्यसलाई जनताले जनताका लागि गरिने शासन व्यवस्था भनियो।
प्रजातन्त्रप्राप्तिपश्चात् नेपाली काङ्ग्रेसको यो मुलुकमा हालीमुहाली कायम भयो। २०४८ सालमा सम्पन्न संसदीय आमनिर्वाचनमा नेपाली काङ्ग्रेसले ११४ सिटको स्पष्ट बहुमत ल्यायो। त्यति बेलाका नेपाली काङ्ग्रेस समर्थक जनता र अन्य शुभचिन्तकले समेत कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहेका थिए, तर गिरिजाप्रसाद कोइरालाले बाँदर प्रवृत्तिको भाषण प्रयोग गरेर आफ्नो स्लिपर सेल प्रयोग गरी चुनावमा हराइदिए। तिनको भाषणले मदन भण्डारीले चुनाव जिते। गिरिजाप्रसाद कोइराला आफैं प्रधानमन्त्री बने। गिरिजाको त्यो कदम नै देशको लागि अभिशाप बन्यो अर्थात् बाँदर प्रवृत्ति गिरिजाप्रसादमा मात्रै थिएन, अरू काङ्ग्रेसजनमा पनि थियो। जब अरूले पनि बाँदर प्रवृत्ति देखाए, तब गिरिजा नेतृत्वको सरकार ढल्यो। ३६ जना सांसद एकातिर र ७४ जना सांसद अर्काेतिर लागे। त्यही बेलादेखि नेपाली काङ्ग्रेसभित्र छत्तीसे र चौहत्तरे भन्ने शब्द बन्यो। गिरिजाप्रसाद कोइराला मध्यावधि निर्वाचनमा गए। परिणाम सकारात्मक आएन। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ठूलो दल भयो। ठूलो दलको नाताले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक मनमोहन अधिकारी कम्युनिस्ट प्रधानमन्त्री भए। तत्कालीन एमालेमा कसैले बाँदर प्रवृत्ति देखाएको त होइन, तर पनि त्यो सरकार नौ महीनाभन्दा ज्यादा टिक्न सकेन। सरकार फेरबदलले निरन्तरता पायो।
फेरि २०५६ सालमा संसदीय निर्वाचन भयो। गिरिजाप्रसाद कोइराला कृष्णप्रसाद भट्टराईलाई अघि सारेर चुनावमा गए। सोचे अनुसार सफलता हासिल गरेपछि केही समयका लागि कृष्णप्रसादलाई प्रधानमन्त्री त बनाए, तर फेरि बाँदर प्रवृत्ति देखाउँदै कृष्णप्रसादलाई रोस्ट्रममैं क्वाँक्वाँ रुवाउने स्थितिमा पु–याए। रुँदैरुँदै कृष्णप्रसादले प्रधानमन्त्री पदबाट राजीनामा दिए। उता, २०५२ फागुन १ गतेदेखि नै मुलुकमा माओवादी नेतृत्वमा सशस्त्र आन्दोलन शुरू भइसकेको थियो।
देशमा सशस्त्र आन्दोलनले ठूलो बल पाउने कारण नै देशमा देखिएको अन्योल, भ्रष्टाचार, बेथिति, नातावाद र कृपावाद, काङ्ग्रेसीजनमा देखिएको अहङ्कार र दीनःदुखी जनतालाई दिएको प्रताडना थियो। अवस्था यस्तोसम्म थियो कि एकजना व्यक्तिले विराटनगर अदालतमा मेरो जात परिवर्तन गरी कोइराला बनाइपाउँ भन्नेसम्मको निवेदन दिएस कोइरालाको पुच्छर लगाएर जागीर पाइन्छ भनेर। यी काङ्ग्रेसीहरूको विगत यति निकृष्ट छ कि शब्दमा बयान नै गर्न सकिंदैन। त्यत्तिकै माओवादी आन्दोलनले मलजल पाएको थिएन।
गिरिजाप्रसादको शासनकालमा देशका उद्योग–कलकारखाना कौडीको भाउमा बेच्ने प्रक्रिया शुरू त भयो नै, विभिन्न काण्ड र आर्थिक भ्रष्टाचारका घटनाहरू पनि छताछुल्ल भए। नेपालको राजनीतिक इतिहासमा गिरिजाप्रसाद कोइराला निकै लामो समयसम्म शासनमा रहने व्यक्तिको रूपमा चिनिए, तर उनलाई जनताले सफल र लोकप्रिय प्रधानमन्त्री कहिल्यै मान्न सक्दैन।
२०६२/६३ सालको जनान्दोलनले सफलता हासिल गरेपछि पनि मुलुकको राजनीति सङ्लो भएन। कारण उही बाँदर प्रवृत्ति। प्रायः सबै राजनीतिक दल पटकपटक वा पालैपालो सरकारमा गए, तर सबै दलमा बाँदर प्रवृत्ति हाबी हुँदा मुलुकको शासन सञ्चालन प्रक्रिया बिरामी भयो। जनयुद्ध लडेर आएका उच्च नेताहरू नै आर्थिक भ्रष्टाचारमा पक्राउ परे। कोही डलरकाण्डमा समातिए, कोही सुनकाण्डमा मुछिए। काङ्ग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थीकाण्डमा पक्राउ परे। पछि धरौटीमा रिहा भए। टोपबहादुर रायमाझी अहिले पनि जेलमैं छन्। निकै आदर्शवादी ठानिएका कृष्णबहादुर महरासमेत आर्थिक भ्रष्टाचारमा पक्राउ परे। मनभित्र टाँसिएको ‘आफैं खाउँm, आफैं लाउँm, अरू मरे मरून् बाँचे बाँचून्’ भन्ने खालको व्यवहार पनि बाँदर प्रवृत्ति नै हो।
मुलुक यसरी बेढङ्गे पाराले चल्दै गर्दा यतिबेला २०८१ सालको असार महीनासम्म आइपुग्दा फेरि राजनीतिमा सङ्कट देखिएको छ। चितवन भ्रमण वर्षको एक कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूmले समर्थन गरेको प्रचण्ड सरकार नढल्ने बताएको केही दिनभित्रै काङ्ग्रेसलाई छाडेर प्रचण्ड एमालेलगायत पार्टीको समर्थनमा प्रधानमन्त्री बने। काङ्ग्रेस जिल्लाराम भयो। काङ्ग्रेसले यो प्रक्रियालाई ‘ठूलै धोका’ बतायो। त्यति बेलै एकथरी राजनीतिक विश्लेषकहरू लख काढ्दै थिए कि यो सरकार पनि छ महीनाभन्दा ज्यादा टिक्दैन। ठ्याक्कै मिल्यो। कसैले नचिताएको अवस्था सिर्जना भयो। विश्व राजनीतिक इतिहासमा मुख्य ठूला पहिलो र दोस्रो नम्बरका दल मिलेर सरकार बनाउने र भारेभुरे दललाई विपक्षमा राख्ने चलन छ, तर यो देशमा त्यस्तो दुर्लभ घटना घट्यो। नेपाली काङ्ग्रेसको मुख्य प्रतिस्पर्धी नेकपा एमाले हो भने एमालेको पहिलो प्रतिस्पर्धी पनि नेपाली काङ्ग्रेस नै हो। यस्तो प्रतिस्पर्धी ठूला दलहरू एकापसमा मिलेर सरकारमा जानुलाई दुनियाँको आठौं आश्चर्य मान्नेहरू पनि यतिबेला बग्रेल्ती देखिएका छन्।
हात्तीहरू सरकारमा, कमिलाहरू विपक्षमा। कमिलाको आवाज हात्तीले सुन्दैन अर्थात् एमाले–काङ्ग्रेसजस्ता ठूला दल सरकारमा हुनु र अरू साना दल विपक्षमा हुनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ। विपक्षको आवाज चर्कै हुनुपर्छ र सरकारले सुन्नुपर्छ भन्ने विश्वव्यापी मान्यता छ। यो कोणबाट हेर्दा नेपाली काङ्ग्रेसले सबै साना दललाई समेटेर सरकार बनाउँदा कल्याण हुन्थ्यो भने त्यो नहुँदा सबै साना दल र एमालेको सरकार बनाउन सक्ने अवस्था थियो भने त्यै विकल्प रोज्न सकिन्थ्यो। त्यस्तो सम्भव नभए कुनै साना दलको नेतालाई प्रधानमन्त्री स्वीकार्न नसुहाउने होइन। भारतमा देवेगौडा र चन्द्रशेखरको नेतृत्वमा सरकार बनेका प्रमाणलाई पनि हामीले मनन गर्न सक्नुपथ्र्याे, तर ठूला दलहरू नै मिलेर शासनमा जानुलाई अलि नसुहाएको जनताको प्रतिक्रिया आउनुलाई शुभ सङ्केत मान्न सकिन्न।
हुनत केपी ओलीलाई सक्षम र राष्ट्रवादी नेता मान्नेहरू यो देशमा बग्रेल्ती छन् र उनले राजनीतिक सङ्कट समाधान गर्छन् भन्ने विश्वास गर्नेहरू पनि निकै ठूलो सङ्ख्यामा छन्। जेहोस्, अकस्मात् प्रचण्ड सरकार धरापमा पर्नुलाई शुभ सङ्केत नभई अब अझै राजनीतिक सङ्कट गहिरिने अनुमान गर्नेहरूलाई सोह्रै आना गलत भन्न मिल्ने अवस्था कम्तीमा अहिलेलाई छैन।