प्रस, वीरगंज, २३ असार/

गहवामाई मन्दिर पुनर्निर्माणको १२ वर्ष पुगेको अवसरमा आइतवार दोस्रोपटक रथयात्रा निकालिएको छ। गत वर्षदेखि शुरू भएको रथयात्रामा ठूलो सङ्ख्यामा भक्तजनहरू सहभागी भएका थिए।

रथयात्रा माईस्थान मन्दिरबाट शुरू भएर नगरपरिक्रमा गरी सोही ठाउँमा आएर समापन भएको थियो। भोलि सोमवार साँझ महाप्रसाद वितरण गरिने छ भने आज साझ आरती पूजाको गरिएको थियो।

रथयात्राको तयारी लामो समयदेखि भइरहेको थियो र आज ठूलो सङ्ख्यामा भक्तजनहरू सहभागी भए। महानगरले रथयात्राको अवसरमा आज विद्यालय बन्द गरेको थियो। रथयात्राको शोभा बढाउन मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह आएका थिए। कार्यक्रममा रथयात्रा समितिका संयोजक श्यामकुमार पोखरेल, नगरप्रमुख राजेशमान सिंहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here