आर्थिक वर्ष २०२४–२५ को बजेट पेश भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो साप्ताहिक मुद्रास्फीति दर १.२८ प्रतिशतले बढेको एआरवाई न्युजले रिपोर्ट गरेको छ ।
यसैगरी पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पिबिएस)को पछिल्लो साप्ताहिक रिपोर्ट अनुसार वार्षिक मुद्रास्फीति दर बढेर २३.५९ प्रतिशत पुगेको छ । प्रतिवेदनले गत हप्ता २९ वटा आवश्यक वस्तुको मूल्यमा भएको वृद्धिलाई प्रकाश पार्दै पाँचवटा वस्तुले स्थिर मूल्य कायम राखेको र १७ वटा वस्तुको मूल्यमा कमी आएको जनाएको छ ।
टमाटरको मूल्य ७०.७७ प्रतिशतले बढेर २०० पाकिस्तानी रुपियाँ प्रतिकिलो भन्दा बढी पुगेको छ । पिबिएसका अनुसार पीठोको मूल्य १०.५७ प्रतिशतले, पाउडर दूध ८.९० प्रतिशतले, डिजेल ३.५८ प्रतिशतले, पेट्रोल २.८८ प्रतिशतले र एलपिजीको मूल्य १.६३ प्रतिशतले बढेको छ ।
यस अवधिमा कुखुरा, दाल र लसुनको मूल्य पनि बढेको छ भने प्याजको मूल्य ९.०५ प्रतिशत र आलुको मूल्य १.०४ प्रतिशतले घटेको छ ।
जुलाई–१ को अघिल्लो रिपोर्टले उपभोक्ता मूल्य सूचकाङ्क (सिपिआई) मुद्रास्फीति २०२४ मा १२.६ प्रतिशत पुगेको छ । जुन अघिल्लो वर्षको जूनमा २९.४ प्रतिशत थियो । मासिक आधारमा सिपिआई मुद्रास्फीति २०२४ मा ०.५ प्रतिशतले बढेको छ, जुन अघिल्लो महीना ३.२ र २०२३ मा ०.३ प्रतिशतले घटेको थियो ।
पाकिस्तानी सरकारले जून–२९ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको मापदण्ड पूरा गर्न आगामी आर्थिक वर्षमा थप राजस्व उत्पन्न गर्न धेरै क्षेत्रमा नयाँ कर लगाउने उपायको घोषणा गर्दै विशिष्ट क्षेत्रमा छुट विस्तार गरेको थियो ।
पाकिस्तानका अर्थमन्त्रीले राष्ट्रियसभामा नयाँ उपायको घोषणासमेत गरेका थिए । यसमा इस्लामाबादमा सम्पत्तिमा पूँजी मूल्य कर लागू गर्नु, निर्माणकर्ता र विकासकर्तामा नयाँ कर उपाय समावेश भएको पाकिस्तानको स्थानीय दैनिकले जानकारी दिएको छ ।
जून–१२ मा राष्ट्रियसभामा पेश गरिएको वित्त विधेयक २०२४ मा गरिएको संशोधनमा सरकारले डिजेल र पेट्रोलमा पेट्रोलियम विकास लेवी (पिडिएल)लाई पाकिस्तानी रुपियाँ (पिकेआर) ८० बाट ७० पिकेआर प्रतिलिटरमा झारेकोमा हालको पिकेआर ६० बाट बढाएको छ ।
विरोधका बावजूद, निर्यातकर्ताले २९ प्रतिशतको मानक कर्पोरेट कर दर लागू भएमा सुपर कर तिर्नेछन् । पाकिस्तानी पत्रिका डनको रिपोर्ट अनुसार निर्यात कारोबारमा अघिल्लो एक प्रतिशत करको तुलनामा यो महत्वपूर्ण परिवर्तन हो । व्यक्ति र गैरव्यक्ति प्रतिवर्ष एक करोड पिकेआरभन्दा बढी कमाउने व्यक्तिको आयकरमा १० प्रतिशत भारको अधीनमा हुनेछ । गहिरो आर्थिक सङ्कटका बेला पाकिस्तानी संसद्ले भर्खरै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को नयाँ बेलआउटबीच आगामी आर्थिक वर्षका लागि कर–भारी वित्त विधेयक पारित गरेको छ । रासस