-बैधनाथ श्रमजीवी

कुनै पनि व्यक्तिले सुन्दर भविष्यको सपना देख्नु उसको अधिकार हो। वास्तवमा प्रत्येक व्यक्ति आपूm र आप्mनो घरपरिवार, समाज तथा देश सुखी र समृद्ध भएको हेर्न चाहन्छ। मान्छेको यस्तो इच्छाले नै अरू प्राणीबाट मान्छेलाई छुट्याएको हो। संसारको कुनै पनि प्राणीले सुखी भविष्यको सपना देख्न सक्दैन। यो गुण केवल मानिसमा छ। यो मानवको सहज स्वभाव हो। तर जब पटकपटक देखेको सपना साकार पार्ने क्रममा सरोकारवालासँग धोखा पाउँछ अनि मानिसको विश्वास कमजोर हुन थाल्छ, मानिसमा हिम्मत, आशा र उत्साहको ठाउँमा निराशा, काँतरपना र शिथिलता आउन थाल्छ।

गति प्रकृतिको स्वभाव हो। गति नभएको यो संसारमा कुनै पनि चीज छैन। गतिहीन चीजको अस्तित्व नै हुन सक्दैन। त्यसैले मानव समाज पनि गतिशील छ। हिजो हाम्रो समाज जस्तो थियो आज त्यस्तो छैन र भोलि अर्कै हुनेछ। कसैले चाहेर वा नचाहेर गति रोकिंदैन तर मानिसको स्वभाव यथास्थितिमा रमाउने भएको हुनाले परिवर्तनलाई रोक्न खोज्ने एउटा शक्ति सधैं कायम रहन्छ। त्यसले प्रत्येक परिवर्तनलाई रोक्न खोज्छ। तर इतिहास साक्षी छ कुनै पनि शक्तिले परिवर्तनलाई सधैंको लागि रोक्न सकेको छैन। नेपाली समाज पनि परिवर्तन हुँदै आएको छ। हिजोसम्म यो देशमा राणाहरूको शासन थियो। त्यसपछि राजाहरूको शासन भयो। त्यसपछि बहुदलको नाउँमा वा गणतन्त्रको नाउँमा अहिलेसम्म विभिन्न प्रकारका माफिया र पूँजीवादी व्यवस्थाका दलालहरू प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाउँमा शासन गरिरहेका छन्। उनीहरूलाई के लाग्छ भने यो सबै परिवर्तन हामीले नै गरेको हो। यै अव्यवस्था सधैंभरि कायम रहन्छ। वास्तवमा जनहितमा यो व्यवस्था भएको भए परिवर्तनकारीहरूको इच्छालाई राम्रै भन्न सकिन्थ्यो। तर २०६२–०६३ देखि अहिलेसम्मको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्राक्टिस हेर्दा के देखिन्छ भने यो कुनै पनि अर्थमा जनहितकारी छैन। हालसम्म यसले गरेको विभिन्न देशहरूसँग सन्धि सम्झौता जनविरोधी छ। गोर्खा भर्ती केन्द्र सडकमा हुँदा खारिज गर्ने माग गर्नेहरू सत्तामा पुग्दा कहिले पनि यसतर्फ कुनै पाइला चालेको देखिंदैन। रोजगारको भाषण गरेर नथाक्ने सडकमा हुँदाका पार्टीहरू सत्तामा पुग्दा एउटा पनि कारखाना स्थापना गरेको इतिहास छैन बरु सत्तामा आउनुभन्दा पहिले जति वैदेशिक ऋण थियो त्योभन्दा कैयौं गुना बढी ऋण अहिले बढेको छ। उत्पादन सबै चौपट छ।

हामी सबैलाई थाहा छ नेपालको राजनीतिमा यतिबेला सङ्ख्याको हिसाबले ठूलो र भूमिकाको हिसाबले महत्वपूर्ण पार्टीहरू भनेको नेकपा एमाले, नेपाली काङ्ग्रेस तथा नेकपा माओवादी नै हो। यसैसँग क्षेत्रीयरूपमा मधेसवादी दलहरू पनि छन्। तर यिनीहरूमध्ये सबै पार्टी पटकपटक सत्तारोहण गरिसकेका छन् तर पनि कहिले जनहितमा अमिट छाप छोड्नेगरी कुनै काम गरेको देखिंदैन। यस्तोमा कुन सरकार ढल्यो कुन सरकार बन्यो ? को प्रधानमन्त्री छ को प्रधानमन्त्री बन्छ भन्ने कुराहरूको खासै तात्विक अन्तर रहँदैन। यो त कौवालाई बेल पाक्यो हर्ष न विस्मात्– जस्तै भएको छ। यसले फरक केवल सत्ताका वरिपरि झुमिराखेका दलाल, सत्तालाई प्रभावमा पारेर सधैं आप्mनो उल्लू सोझो गर्ने माफियाहरूलाई परेको छ। जनस्तरमा आजसम्म कुनै फरक परेको देखिएको छैन, किनभने संसद्मा भएका सबै दल भ्रष्टाचारमा लिप्त छन् र भ्रष्टाचारीलाई ढाकछोप गर्ने, माफियाहरू तथा तस्करहरूसँग चन्दा लिएर चुनाव लड्ने र उनीहरूलाई पार्टीमा हुल्ने, विदेशी पूँजीपतिहरूको दलाली गर्ने, विस्तारवाद साम्राज्यवादको चाकडी गरेर सत्तामा टिकिराख्ने चरित्र नै सबै दलले पटकपटक प्रदर्शन गर्दै आएका छन्। विस्तारवादी तथा साम्राज्यवादीहरूकै इशारामा कोहीसँग मिल्ने र कोहीसँग फुट्ने रातारात यो षड्यन्त्रको बीजारोपण गरेर हिंड्ने दलहरूको कुकृत्य हेरेर जनता वाक्कदिक्क भइसकेको छ। जनता अब कसैप्रति पनि आशान्वित छैन। राजा आऊ देश बचाऊको नारा लिएर राजदरबारको हुण्डी चाटेर पुस्ता बितेका केही व्यक्ति सडकमा कराएको देखिए पनि नेपाललाई बर्बाद पार्ने मूलतः तिनै राजाहरू हुन् भन्ने कुरा नेपाली जनताले राम्ररी बुझेको छ।

भर्खरै एसइईको परीक्षाको नतीजा प्रकाशित भएको छ। यसमा ५२ प्रतिशत विद्यार्थी फेल भएका छन्। भनेपछि हाम्रो शिक्षा कस्तो रहेछ, शिक्षामा भएको लगानी बालुवामा पानी भयो कि भएन ? त्यसैगरी स्वास्थ्य क्षेत्र पनि पूर्णतः धराशायी भइसकेको छ। जुन देशको शिक्षा र स्वास्थ्य धराशायी छ  त्यस देशले कसरी विकास गर्छ ? हाम्रो संविधानमा जनतालाई सार्वभौम भनिएको छ, तर के सांसदहरू जनताप्रति उत्तरदायी छन् ? संविधानमा जे लेखिए पनि व्यवहारमा संसद् जनताप्रति उत्तरदायी भएको अनुभूति जनताले गर्न सकेको छैन। नेपालमा भएका सबै संसदीय पार्टीहरू खासगरी ठूला पार्टीहरू कहिले पनि जनसरोकारको विषयमा एक ठाउँमा जम्मा भएर छलफल गरेको एउटा पनि उदाहरण भेटिंदैन। सबै पार्टी राजनीतिक भागबण्डा गर्न, अदालतको न्यायाधीश भागबण्डा गर्न, विभिन्न देशका राजदूत भागबण्डा गर्न, त्यस्तै ब्युरोक्रेट्सहरू भागबण्डा गर्न भने रातारात एकजुट हुने गरेको सबैले देखेका छन्। पैसा पाउने र देशलाई गुलाम बनाउने एमसिसी जस्ता सम्झौता गर्न सबै पार्टी एकजुट भएको देखिएकै हो तर कृषिप्रधान नेपालमा एउटा पूर्वदेखि पश्चिमसम्म खेतमा हुन सक्ने सिंचाइ आयोजनाको लागि कहिले छलफल भएको देखिएन, किन  ? प्रशोधित उन्नत बीउ तथा मलको फ्याक्ट्रीको लागि पार्टीहरूबीच सर्वदलीय छलफल कहिले हुँदैन। आफ्नै देशभित्र दशौं लाख नेपालीलाई रोजगार सिर्जना गर्ने उद्योग धन्दा खोल्नका लागि पार्टीहरू एक ठाउँमा भेला भएर विचार विमर्श गरेको कुनै उदाहरण छैन। अनि कसरी हुन्छ देशको विकास ? तर प्रायः मध्यरातमा सबै पार्टी देशको भागबण्डा गरेर लुटी खान भने एक ठाउँमा भेला भएको दर्जनौं उदाहरण छन्।

अहिले एमाले र माओवादीको सरकार ढल्ने निश्चित भएको छ। भन्नलाई एमाले र माओवादी दुवै आपूmलाई कम्युनिस्ट भन्छन्। तर पटकपटक यिनीहरू काङ्ग्रेससँग घाँटी जोडेर एक अर्काेलाई धोका दिन्छन् ? के यही हो कम्युनिस्ट चरित्र ? यस्तै हुन्छन् कम्युनिस्टहरू ? यदि यस्तै हुन्छन् भने केको निम्ति यस्ता कुलङ्गार कम्युनिस्ट नामधारी दलाल पार्टी चाहियो ? जसले आफ्नो सहकर्मीलाई धोका दिंदै आएको छ, उसले जनतालाई बाँकी राख्छ ? आखिर अहिलेसम्म जनतालाई के दिए त यी कम्युनिस्ट वा काङ्ग्रेस भन्ने गणतान्त्रिक वा प्रजातान्त्रिक पार्टीहरूले ? यो कुरा हामीले गम्भीरतापूर्वक बुझ्नैपर्छ। वास्तवमा जसले देशको नागरिकलाई भूटानी शरणार्थी बनाएर बेच्न सक्छ, बालुवाटारको जग्गा बेच्न सक्छ, तिनीहरू पद र पैसाका लागि के पो गर्न सक्दैनन् ?  देश र जनतालाई कुनै बेला पनि बन्धकी बनाउन सक्छन्। त्यसकारण अब पनि बनिरहेको नयाँ राष्ट्रिय सरकार नामक समीकरण एमाले काङ्ग्रेसको पनि आफ्नो अनुकूलतामा सजिलो हुनेगरी देश लुटेर खानेबाहेक अरू केही हुनेछैन।

संसदीय चुनाव कस्तो हुन्छ भने एउटा कथाबाट बुझौं। एउटा गाउँँमा एकजना चोर समातियो। चोर समातिएपछि गाउँँका मुखियाकहाँ लगियो। मुखियाले सबै कुरा सुनेर चोरलाई दण्डको रूपमा दुर्ईवटा अप्सन दिए। पहिलो अप्सन सयवटा प्याज खानुपर्ने। दोस्रो अप्सन एक सय लठ्ठी खानुपर्ने। चोरले एकछिन मनमनै विचार गर्याे – सय लठ्ठी खानुभन्दा १०० वटा प्याज खाएको राम्रो, किनभने आखिर प्याज खाँदै आएको चीज त हो। प्याज खाएर के हुने हो र एकछिन मुखमा अलिकति पीरो हुन्छ। उसले भन्यो म प्याज खान्छु। त्यसपछि उसको अगाडि प्याज राखियो र ऊ खान थाल्यो। १० वटा प्याज नखाँदै उसको नाकबाट सिङान बग्न थाल्यो, आँखाबाट आँसु झर्न थाल्यो, मुख रन्किन थाल्यो र उसलाई लाग्न थाल्यो कि अझ प्याज खाएँ भने मर्छु। अनि उसले भन्यो– बरु लठ्ठी खान्छु प्याज खाँदिनँ। त्यसपछि उसलाई लठ्ठीले पिट्न थालियो। २० लठ्ठी पिटेपछि उसको जिउ सुन्न हुन थाल्यो। रिंगटा लाग्न थाल्यो। दिउँसै तारा देखिन थाल्यो। अनि विचार गर्न थाल्यो प्याज खाएर त पक्कै मरिन्न, के भएको थियो र नाकबाट सिङान र आँखाबाट आँसु आएको त हो। सय लठ्ठी अझै खाने हो भने त मरिन्छ र उसले फेरि प्याज खाने माग ग–यो। यसरी प्याज र लठ्ठी फेर्दाफेर्दै उसको मृत्यु भयो। त्यसैगरी यो संसदीय व्यवस्थामा पनि जनताले भ्रष्ट पार्टीहरूलाई नै चुन्नुपर्ने बाध्यता हुन्छ। एकचोटी सत्तामा भएको पार्टी साह्रै खराब हो, यसलाई हराउनुपर्छ भनेर अर्काे चुनावमा अर्काे पार्टीलाई जिताउँछ र त्यो पार्टी पनि आफ्नो कार्यकालभरि पहिलेको भन्दा पनि बढी भ्रष्टाचार र शोषण दमन गर्न थाल्छ, जसले गर्दा अर्काे चुनावमा फेरि अर्काेलाई जनताले भोट हाल्छ। त्यो पार्टीले पनि त्यही भ्रष्ट आचरण दोहो–याउँछ। यसरी भोट हाल्दा हाल्दै पुस्तौंपुस्ता मर्छ तर न जनताको उत्थान हुन्छ, न देश नै समृद्ध हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here