अनुमतिविनाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्धकार

ओमप्रकाश चौधरी, सेढवा, १९ असार/ पर्सा जिल्लामा विनाअनुमति सञ्चालित संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ। जिल्लाका १४ वटा पालिकामा अवैधरूपमा सञ्चालित निजी विद्यालयका बालबालिकाहरूको तथ्याङ्क शिक्षा मन्त्रालयको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS)मा समावेश नहुने भएको छ। मन्त्रालयले यो प्रणाली २०७५ सालदेखि नै लागू गरे पनि यस शैक्षिक सत्रदेखि प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याएको छ। […]

बक्स हाफपाइन्ट लगाएका सेवाग्राहीलाई पर्सा प्रहरीको रोक

नरेश यादव, पर्सागढी, १९ असार/ जिल्ला प्रहरी कार्यालय, पर्साले बक्स हाफपाइन्ट लगाएका सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको छ। जिप्रका, पर्साले कार्यालयमा प्रवेशका लागि खास किसिमको पोशाक लगाउनुपर्ने सूचना भने जारी गरेको छैन तर यता केही दिनदेखि बक्स हाफपाइन्ट लगाएर जाने सेवाग्राहीलाई भने प्रवेश निषेध गरेको छ। प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले यसबारेमा अनभिन्नता जाहेर गरे। तर प्रवक्ता […]

दुई नपासहित पर्साका १२ वटा पालिकामा सफाइकर्मी छैनन्

धर्मेन्द्र चौरसिया, १९ असार/ पर्सा जिल्लाका दुईवटा नगरपालिकामा सफाइकर्मी नै छैनन्। २०७४ सालदेखि सात वर्षको यस अवधिमा पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकामा सफाइकर्मी कर्मचारी भर्ना गरिएका छैनन्। पर्सागढी नगरपालिकाकी उपप्रमुख पूजा चौधरीले अहिलेसम्म नगर र वडा स्तर दुवैमा सफाइकर्मी कर्मचारी भर्ना नगरिएको बताइन्। उनले नगरपालिकासँग एउटा ट्याक्टर छ, त्यसैमा कार्यरत जनशक्तिले हाटबजारको फोहर सङ्कलन गरी […]

बिसुनपुर्वा हत्याकाण्डका आरोपित सार्वजनिक नातेदारले नै दुईजनाको हत्या गरेको दाबी

प्रस, वीरगंज, १८ असार/ जगरनाथपुर गाउँपालिका–१ बिसुनपुर्वा टोलनजीक ओरिया नदीमा हत्या गरी शव गाडिएको घटनामा पर्सा प्रहरीले तीनजनालाई बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले जगरनथापुर गापा–५ झखरा मसिहानी निवासी मृतकका बहिनी ज्वाइँ सन्तोषकुमार कुमाल, कलैया उपमहानगरपालिका–५ निवासी भतिजा लक्ष्मणकुमार प्रजापति र जगरनाथपुर गापा झखरा मसिहानी निवासी महादेव महतो नुनियाले सो […]

काङ्ग्रेस खुला एवं उदार अर्थतन्त्रको पक्षपोषक –नेता डा कोइराला

प्रस, वीरगंज, १९ असार/ नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले नेपाली काङ्ग्रेस खुला एवं उदार अर्थतन्त्रको पक्षपोषक भएको बताएका छन्। वीरगंज उद्योग वाणिज्य सङ्घले बुधवार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले नेका निजी क्षेत्रको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताए। नेकाले उद्योग, व्यापार, बैंकसम्बन्धी अपारदर्शी नीति एवं कर, राजस्व, भन्सारसम्बन्धी नीतिगत जटिलतालाई निरूपण […]

नौबिसे–नागढुङ्गा सडक दुई रात बन्द हुने

मलेखु (धादिङ), १९ असार/रासस नौबिसे–नागढुङ्गा सडकखण्ड बुधवार र बिहीवार राति बन्द गरिने भएको छ। त्रिभुवन राजथप अन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० देखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो। दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकोले रातिको समयमा पाँच […]

परवानीपुर गापाले अनलाइन कर सङ्कलन गर्ने

प्रस, वीरगंज, १९ असार/ परवानीपुर गाउँपालिकाले अनलाइन कर सङ्कलन अभियान शुरू गर्ने भएको छ। गापाले यही असार १७ देखि २१ गतेसम्म कर सङ्कलन अभियानका लागि कर्मचारीहरूलाई तालीम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए।  उनले लक्ष्यअनुरूप सम्पत्तिकर लगायतका अन्य करहरू सङ्कलन हुन नसकेका कारण आन्तरिक राजस्व सङ्कलन बढ्न नसकेको र आन्तरिक राजस्व बढाउनका लागि […]

नेकपा (एमाले) सरकारबाट बाहिरियो

काठमाडौं, १९ असार/रासस नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएकोछ । उक्त दलबाट नेतृत्व गरेका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। त्यसअघि नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरूलाई सामूहिक राजीनामा दिन निर्देशनदिएका थिए। मङ्गलवार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा […]

मैत्रीपूर्ण फूटबलमा कर्मचारी विजयी

दिनेशकुमार मिश्र, वीरगंज, १९ असार/ पोखरिया नगरपालिकामा बुधवार सम्पन्न जनप्रतिनिधि र कर्मचारीहरूबीचको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा कर्मचारी विजयी भएका छन्। जिल्ला उच्चाङ्गल रामदेव कलवार मावि पोखरियाको खेलमैदानमा आज भएको खेलमा दुवै पक्षले एक/एक गोलको बराबरी खेलेका थिए। त्यसपछि टाइब्रेकरमा कर्मचारीहरूले दुई गोल गरे भने जनप्रतिनिधिहरूले एक गोल मात्र गर्न सके। जनप्रतिनिधिहरूको नेतृत्व नगरप्रमुख प्रद्युम्न चौहान र […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।