ज्यामी नपाएर बझियानमा धान रोपाइँ प्रभावित

धर्मेन्द्र चौरसिया, पोखरिया, १७ असार/ पर्सा जिल्लाको बझियान क्षेत्रमा ज्यामी अभावले अहिले धान रोपाइँ प्रभावित भएको छ। एक सातादेखि पानी पर्दा गण्डक नहरदेखि दक्षिण क्षेत्रको बझियानमा रोपाइँ शुरू भएको हो। रोपाइँ शुरू भएपनि ज्यामी नपाउँदा आशाप्रदरूपमा रोपाइँ हुन नसकेको एकजना किसानले बताए। बझियानमा ज्यामीको ज्याला अन्यत्रभन्दा कम भएकोले यहाँका ज्यामीहरू ठोरी गाउँपालिका र चितवन जिल्लामा […]

महानगरमा नयाँ तीन पाङ्ग्रे सवारी दर्तामा रोक

प्रस, वीरगंज, १७ असार/ वीरगंज महानगरपालिका कार्यालयको आग्रहपछि श्रम तथा यातायात मन्त्रालयले तीन वर्षसम्म महानगरमा तीन पाङ्ग्रे सवारीसाधनको दर्ता बन्द गरेको छ। वीरगंज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले असार ४ गते यातायात व्यवस्था कार्यालय, वीरगंजलाई पत्राचार गर्दै महानगरमा तीन पाङ्गे्र सवारीसाधनको चाप अत्यधिक बढेकाले तीन वर्षसम्मका लागि सवारी दर्ता रोक्न आग्रह गरेका थिए। […]

बालयौन दुुराचारमा बमजनलाई १० वर्ष कैद, पाँच लाख जरिवाना

जीतलाल श्रेष्ठ, निजगढ, १७ असार/ तपस्वी भएको दाबी गर्दै आएका बाराको साबिक रतनपुरी गाविस–५ हाल निजगढ नगरपालिका–१२ बुुङ्जोरका रामबहादुुर भनिने रामलाल बमजनलाई यौन सन्तुष्टि प्राप्त गर्न बालयौन दुराचारको कसूरमा दोषी ठहर गर्दै १० वर्ष कैद सजायसहित पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सोमवार सर्लाही जिल्ला अदालतले गरेको छ। यही असार १० गते सोमवार जिल्ला न्यायाधीश […]

सिद्धार्थ बैंकमा भीषण आगलागी

प्रस, परवानीपुर, १७ असार/ वीरगंज आदर्शनगरस्थित सिद्धार्थ बैंकमा भीषण आगलागी भएको छ। सोमवार अपराह्न ४:३० बजे आगलागी भएको हो। आगलागी के कारणले भएको हो, खुल्न सकेको छैन। आगलागी नियन्त्रणको लागि जिल्ला विपद् व्यवस्थापन समिति मातहतका विभिन्न एकाइ परिचालित भएका थिए। चारवटा वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी परिचालित गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला विपद् व्यवस्थापन समितिका […]

सन्दर्भः नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रेस युनियनको विरोध जारी, देशभर धर्ना

प्रस, वीरगंज, १७ असार/ नेपाल प्रेस युनियन, पर्साले नेपाल पत्रकार महासङ्घ, पर्साको प्रवेशद्वारमा सोमवार दुई घण्टा धर्ना दिएको छ। नेपाल पत्रकार महासङ्घले जारी गरेको नयाँ सदस्यता सम्बन्धमा आपत्ति जनाउँदै आएको युनियनले आज देशव्यापीरूपमा महासङ्घमा धर्ना दिने केन्द्रीय नीतिअनुरूप पर्सामा पनि युनियनले धर्ना दिएको अध्यक्ष विजय महतोले बताए। युनियनले यस अघि गत शनिवार पत्रकार महासङ्घको केन्द्रदेखि […]

स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने तयारीमा– स्वास्थ्यमन्त्री

काठमाडौं, १७ असार/रासस स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्न तयारी भइरहेको बताए। सोमवार स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले देशभर करीब ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी बढाउन सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को काम भइरहेको जानकारी दिए। उनले भने, “जनशक्ति बढाउन हामी काम गरिरहेका छौं। त्यससम्बन्धी प्रस्ताव अर्थ मन्त्रालयमा पठाएका छौं। यो कार्यान्वयन […]

बहुआयामिक परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल

प्रस, वीरगंज, १७ असार/ मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंह र क्रिएशन नेपालका प्रतिनिधिबीच बहुआयामिक परियोजना सञ्चालनबारे छलफल भएको छ। सोमवार मुख्यमन्त्री निवासमा भएको छलफलमा मुख्यमन्त्री सिंहले क्रिएशन नेपालले अगाडि सारेका परियोजनाहरू आवश्यक रहेको र प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए। मधेस योजना आयोगका उपाध्यक्ष डा सोहन साहले परियोजनाहरू छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। जलवायु […]

युवा परिषद्द्वारा अलौंमा वृक्षारोपण

प्रस, वीरगंज, १७ असार/ राष्ट्रिय वृक्षारोपण दिवस–२०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ देखि २१ गतेसम्म देशभरि “एक युवा एक बिरुवा” अभियान सञ्चालन गरिरहेको छ। सोही क्रममा सोमवार नेपाल युवा परिषद्, पर्साको आयोजना र वीरगंज महानगरपालिका–१७ वडा कार्यालयको सहकार्यमा अलौंमा वृक्षारोपण गरिएको छ। नेपाल युवा परिषद्का मधेस प्रदेश संयोजक श्रवणप्रसाद साहको अध्यक्षता र वडाध्यक्ष […]

डेङ्गुसम्बन्धी पोखरियामा अभिमुखीकरण

प्रस, परवानीपुर, १७ असार/ स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा पोखरियामा एक दिने डेङ्गु तथा कीटजन्य रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। रामदेवप्रसाद कलवार जिल्ला उचाङ्गल मावि पोखरियाको सभाहलमा आयोजित कार्यक्रममा पोखरिया नपाका १० वटा वडामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो। पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, प्रमुख प्रशासकीय […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।