मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंह र क्रिएशन नेपालका प्रतिनिधिबीच बहुआयामिक परियोजना सञ्चालनबारे छलफल भएको छ।
सोमवार मुख्यमन्त्री निवासमा भएको छलफलमा मुख्यमन्त्री सिंहले क्रिएशन नेपालले अगाडि सारेका परियोजनाहरू आवश्यक रहेको र प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए।
मधेस योजना आयोगका उपाध्यक्ष डा सोहन साहले परियोजनाहरू छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
जलवायु परिवर्तन, प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन, पर्यटन विस्तार, मधेस लगानी सम्मेलनलगायत तत्काल परिणाम दिन सक्ने परियोजनाबारे छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
क्रिएशन नेपालकी सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलीले परियोजनाबारे प्रस्तुतीकरण गरेका थिए। छलफलमा क्रिएशन नेपालद्वारा सञ्चालित ग्रीनशिप्mट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए।