प्रस, वीरगंज, १५ असार/

ज्येष्ठ नागरिक सङ्घ, पर्साले दही–चिउरा खाएर असार १५ मनाएको छ। प्रत्येक वर्षझैं यसपटक पनि ज्येष्ठ नागरिक पार्कमा भेला भएर ज्येष्ठ नागरिकहरूले दही, चिउरा, आँप र चनाको तरकारी अनि अचार खाएर असार १५ मनाएको सचिव विनयराज गौचमले बताए।

सङ्घका अध्यक्ष श्यामकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका संयोजक जगदीशप्रसाद शर्मा, पूर्वअध्यक्ष पशुपति विक्रम शाह, उपाध्यक्ष बैजनाथ कोइरी, जगरनाथसाह कानू, जानकी शर्मा, बिन्दु शर्मा, उषा शाह, आशा गौतम, दिनाप्रसाद गुप्ता, उमेश नेपाललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here