प्रस, सिम्रौनगढ, १५ असार/

सिम्रौनगढ इलाका प्रहरी कार्यालय, बाराले शुक्रवार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सूचनाका आधारमा बाग्मती प्रदेश ०१–०२९ च ६७५२ नम्बरको पिकअप चेकजाँच गर्दा चालक र सहचालकले गाँजा मनोज कुमारको घरमा झारेर आएको बयान दिएका थिए। सोही बयानको आधारमा मनोज कुमारको घर खानतलाशी गर्दा २०१ किलो गाँजा बरामद भएको थियो। सिम्रौनगढ नपा–५ ठूलो इटवालमा पिकअप गाडी चेकजाँच गरिएको थियो।

सूचनाको आधारमा सोही गाडीबाट गाँजा ढुवानी भएको बुझिएकोले प्रहरीले चालक र सहचालकसँग सोधपूछ गर्दा मनोज कुमारको नाम पोलेका थिए।

मनोजको घरबाट १६ वटा पोकामा रहेको गाँजा बरामद भएपछि चालक धादिङ जिल्ला नीलकण्ठ नपा–१ निवासी २२ वर्षीय सुजन अधिकारी र सहचालक २३ वर्षीय रमेश नेपालीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नवीन राईले बताए। उनले घटनाबारेमा थप अनुसन्धान भइरहेको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here