सर्लाहीको लखनदेही खोलामा आएको बाढीबाट प्रभावित चक्रघट्टा गाउँपालिका–३, ४ र कौडेना गापा–७ मा सङ्घ सरकारका रक्षामन्त्री हरि उप्रेती, जिल्ला विपद् व्यववस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सम्बन्धित पालिका अध्यक्ष, वडाध्यक्ष, सुरक्षा निकायका प्रमुखहरू, सिंचाइ डिभिजन कार्यालय, जनताको तटबन्ध कार्यालयका प्रमुखसहितको टोलीले शनिवार स्थलगत अनुगमन गरी बाढीबाट भएको क्षतिको आकलन गर्दै थप क्षीि हुन नदिन अवलम्बन गर्नुपर्ने उपायबारे छलफल गरेको थियो।
तत्कालका लागि स्थानीय स्रोत साधन जुटाएर तटबन्ध मर्मत गर्न, बाढी प्रभावितहरूको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन रक्षामन्त्री उप्रेतीले निर्देशन दिंदै नदी कटानको दीर्घकालीन समाधानको लागि आफूले पहल गर्ने बताए।