राधेश्याम पटेल, परवानीपुर, १४ असार/

पछिल्लो समय पर्सा र बारामा फरकफरक सेवासुविधासहितका होटल तथा रेस्टुराँहरू सञ्चालनमा ल्याउने उद्यमीहरू बढ्दैछन्। यस्तै, फरक वातावरण र स्वादमा बारामा मेरो अर्गानिक रिसोर्ट खुलेको छ। जीतपुरसिमरा उपमहानगरपालिका–४ घण्टीमाई टोलमा विगत छ महीनादेखि सञ्चालनमा रहेको सो रिर्सोटको परिकल्पना कटेज  रेस्टुराँको रूपमा रहेको छ। एमाले नेताद्वय शिवजी गुप्ता र भावना आचार्यको रु ८० लाखको संयुक्त लगानीमा डेढ बिघा क्षेत्रफलमा सो रेस्टुराँ सञ्चालनमा आएको हो।

उक्त रेस्टुराँ मौलिक वातावरण र स्थानीय अर्गानिक उत्पादनको लागि परिचित रहेको जीतपुरका व्यवसायी अनिल साह कलवारले बताए। उनले वीरगंज, कलैया, पथलैया, सिमराका ठूला होटलका वातानुकूलित कक्षमा ग्राहकहरूको उपस्थिति निकै घटेको छ, तर छुट्टै अवधारणामा सञ्चालित सो रेस्टुराँमा ग्राहकहरू बढेको बताए। आफू पनि साथीको सुझाव अनुसार एकपटक उक्त रेस्टुराँमा गएपछि हप्तेपिच्छे खाजा खान आउने गरेको बताए। त्यसैगरी, परवानीपुरका अलि अख्तरले पारिवारिक वातावरण रेस्टुराँ सञ्चालन हुँदF प्राकृतिक सुखका साथै खानपिन गर्न रमाइलो लाग्ने बताए।

रेस्टुराँ सञ्चालक गुप्ता एमाले पर्सा जिल्ला कार्य समितिको लेखा समिति अध्यक्ष हुन् भने महिला उद्यमी आचार्य एमाले बाराकी उपसचिव पदमा केही महीना अघि निर्वाचित भएकी  हुन्।

रेस्टुराँ परिसरमा आँप, लिची, जामुन, साग, तरकारी, फलफूल उत्पादन हुने सिजन अनुसार तरकारी र फलफूल उपलब्ध गराउँदा ग्राहकहरूले रमाइलो मानेको सञ्चालकद्वयको भनाइ छ।

शुक्रवार, शनिवार र सार्वजनिक बिदाका दिन भीडभाड हुने रेस्टुराँमा करीब सयजना अट्ने सभाहल पनि छ। त्यसैगरी, २१ सय वर्गफिट क्षेत्रफलको स्वीमिङ पुल निर्माणाधीन छ। सो रेस्टुराँमा हालसम्म १० जनाले रोजगार पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here