प्रस, वीरगंज, १२ असार/

नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा राजीव झाले  इपिजी रिपोर्ट बनाउने समिति समावेशी नभएको आरोप लगाएका छन्।

नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साले बुधवार वीरगंजमा आयोजना गरेको ‘खुला सीमा–सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तत्र्रिmयामा झाले नेपाल–भारत सीमासम्बन्धी ज्ञान नभएका व्यक्तिहरूले बनाएको इपिजी रिपोर्ट आफूहरूले नमान्ने बताए।

उनले विश्व ग्लोबलाइजेशनतर्फ अग्रसर भइरहेको बेला सीमामा तारबार लगाउने कुरा असान्दर्भिक र हास्यास्पद रहेको बताए।

राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले दुर्ई देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए। नेपाल र भारतको आधुनिक सीमा र नाम राखिनु अघिदेखि नै जनता–जनताबीच सम्बन्ध कायम रहेको उनले बताए। उनले नेपाल र भारतको सम्बन्ध दिल्ली र काठमाडौंको नियम कानूनले मात्रै चल्न नसक्ने बताउँदै दुवै देशबीच बहुआयामिक सम्बन्ध रहेको बताए। उनले खुला सीमा दुवै देशका लागि अवसर हो र दुवै देशका जनता आआफ्नो सीमाको रक्षक रहेको बताए।

पत्रकार चन्द्रकिशोरले सीमा सुरक्षाको नाममा मधेसमा सैनिकीकरण भइरहेको बताएका छन्। उनले सीमा क्षेत्रमा रहेको जनताको भावनाअनुरूप नियम कानून बनाउनुपर्ने बताए।

भारत रक्सौलका समाजसेवी महेश अग्रवालले खुला सीमा दुवै देशका जनताको आवश्यकता रहेको बताए। प्रदेशसभा सदस्य श्याम पटेलले सरकारले चाहँदैमा सीमामा तारबार लगाउन नमिल्ने बताए। प्राडा प्रमोदकुमार कुशवाहाले नेपालको शिक्षा प्रणाली ठीक नभएकोले सीमासम्बन्धी जनतामा भ्रम रहेको बताए। संवाद समूहका अध्यक्ष झाको अध्यक्षतामा भएको कार्यक्रममा डा घनश्याम ठाकुर, नेजामुद्दीन समानी, कृष्ण पटेल, शिव पटेल, देवेन्द्र मिश्र, अशोक बैद, भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शशि भूषण, अनिरुद्ध सिंह कलवारलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here