प्रस, वीरगंज, १२ असार/

जिल्ला प्रशासन कार्यालय, पर्साको आयोजना तथा वीरगंजमा रहेका गैरसरकारी संस्थाहरूको सहकार्यमा बुधवार लागूऔषध दुरुपयोग तथा अवैध ओसारपोसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ। दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको प्रमुख आतिथ्यमा घण्टाघरबाट –याली निकालिएको थियो। –यालीले नगरपरिक्रमा गरी पुनः घण्टाघरमा आई कोणसभा गरी समापन भएको थियो। कोणसभामा जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी निरीक्ष्Fक नीता थापाले लागूऔषध नियन्त्रणमा प्रहरी मात्रको संलग्नताले सम्भव नहुने भन्दै यसमा समुदायको संलग्नता पनि जरुरी रहेको बताइन्।

उनले लागूऔषध प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका र यसको रोकथामका लागि प्रहरी प्रशासनसँगै गैरसरकारी संस्था र समाज अग्रसर हुनुपर्ने बताइन्। उनले सबैको सहकार्यमा मात्र समाजबाट लागूऔषध नियन्त्रणगर्न सकिने बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here