चाइल्ड सर्पोट अर्गनाइजेशन जापानले वीरगंज महानगरपालिका अन्तर्गतका दुईवटा सामुदायिक विद्यालयका भित्तामा पेन्टिङ गरेको छ।
गणेश उज्जैन भुवन स्मृति प्रतिष्ठान काठमाडौं र चाइल्ड सर्पोट अर्गनाइजेशन मधेस प्रदेशको सहयोगमा आयोजक संस्थाका अध्यक्ष सैउनको सहभागितामा महानगर अन्तर्गतका दुईवटा विद्यालयका भित्तामा पेन्टिङ गरिएको र यसअघि भित्ते पेन्टिङ गरिएका छवटा स्थानको अनुगमन गरिएको छ।
लक्ष्मीदेवी बाबुलाल हंसवाहिनी कोन्हिया र रामजानकी आधारभूत बेलवाका भित्तामा पेन्टिङ गरिएको छ भने यसअघि शारदा आधारभूत विद्यालय भेडियाही, स्वास्थ्य चौकी बेलवा प्रसौनी, नेराआवि प्रसोतीपुर, नेरामावि भवानीपुर, रामसुरजसिंह आधारभूत विद्यालय रामगढवा, बिघा यादव हीरामती विद्यालय पर्सागढी बागेश्वरीमा गरिएको भित्ते पेन्टिड्ढो अनुगमन गरिएको थियो।