जनमत पार्टी पर्सा क्षेत्र नं ४ अन्तर्गत जीराभवानी गापाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले रामप्रवेश दास थारूको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटी गठन गरेको छ। यसअघि अधिवेशनको उद्घाटन जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले गरेका थिए।
सहपर्यवेक्षक रेनु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य चन्दन चौहान, प्रदेश सदस्य शेषनाथ महतो, सञ्जय सिंह, उदय यादव, लोकेश कर्णलगायतको सहभागिता थियो।