पर्सा जिल्लाका १४ वटा पालिकामध्ये असार १० गतेसम्म चारवटा पालिकामा सभा हुन सकेन। यसपटक सबैभन्दा पहिले वीरगंज महानगरपालिकाले नगरसभा सम्पन्न गर्यो ।
तोकिएको मितिमा नगरसभा हुन नसक्ने अनुमानका साथ महानगरले यसपटक असार ८–१० गतेसम्म तीन दिन नगरसभाको मिति तोकेको थियो। तर असार ८ गते एकै दिनमा सभा सम्पन्न भयो। पर्सागढी नपाको नगरसभा तेस्रो दिन सफल भयो। असार ८ गते उद्घाटन सत्र सकिएपछि स्थगित नगरसभा भोलिपल्ट असार ९ गते पनि स्थगित भयो र असार १० गते सम्पन्न भयो।
अहिलेसम्म वीरगंज महानगर, पर्सागढी र पोखरिया नगरपालिका, ठोरी, जीराभवानी, कालिकामाई, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, पकाहामैनपुर गरी १० वटा पालिकाको सभा सम्पन्न भएको छ। यसैगरी, बहुदरमाई नगरपालिका, विन्ध्यवासिनी, धोबिनी र छिपहरमाई गापाको सभा हुन सकेको छैन।