प्रस,रौतहट, ९ असार/

जिल्ला प्रहरी कार्यालय, रौतहटले साढे आठ लाख मूल्य बराबरको सुपारी बरामद गरेको छ।

शनिवार राति १२:३० बजे चन्द्रपुर नगरपालिका–१ पौराईमा प्रदेश १–०१–००१ ख ४२९३ नम्बरको बसको डिक्कीबाट करीब एक हजार किलोग्राम सुपारी बेवारिसे अवस्थामा बरामद भएको जिप्रका, रौतहटकी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताइन्।

बरामद सुपारीबारे बसमा यात्रीसँग सोधपूछ गर्दा कसैले हकदाबी नगरेपछि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रवक्ता गिरीले बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here