प्रस, वीरगंज, ९ असार/

होटल एशोसिएशन नेपालको इन्स्योर परियोजना अन्तर्गत आइतवार वीरगंजमा ४८ घण्टे हाउस किपिङ तालीम सम्पन्न भएको छ।

समापन कार्यक्रममा होटल सङ्घ नेपालका महासचिव साजन शाक्यले हाउस किपिङ तालीम अहिलेको आवश्यकता रहेको बताए। उनले सीप सिकेपछि रोजगार पाउने र विदेश जाँदा अरूको तुलनामा राम्रो काम र पारिश्रमिक पाइने बताए।

होटल सङ्घ नेपाल मधेस प्रदेशका उपाध्यक्ष मोहन प्रधानले होटलहरूमा आवश्यक जनशक्तिको परिपूर्ति गर्नुका साथै युवालाई सीप सिकाएर रोजगार प्रदान गर्ने अभिप्रायले तालीम आयोजना गरिएको बताए। उनले तालीमले युवालाई रोजगार प्रदान गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे। होटल व्यवसायी एवं समाजसेवी पशुपति विक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा हेल्भेटास मधेस प्रदेशका संयोजक भरत सहनी, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए। तालीममा सहभागीहरूलाई बृज सर्राफले प्रशिक्षण दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here