इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिवार राति हजारौं आन्दोलनकारीले देशको विभिन्न भागमा सरकारविरोधी प्रदर्शन गरेको ‘द टाइम्स अफ इजरायल’ ले जनाएको छ।
सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रीटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन्। केही प्रदर्शनकारी जतिसक्दो छिट्टै निर्वाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए।
मुख्य –याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए। द टाइम्स अफ इजरायलले रिपोर्ट गरे अनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीनजना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो।
यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रीटमा रहेको इजरायली प्रधानमन्त्री नेतान्याहुको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रीटमा पदयात्रा गरे। प्रदर्शनकारीले नेतान्याहुको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महीनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करीब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
‘होस्टेज एन्ड मिसिङ फेमिलिज फोरम’ले देशभरि –याली आयोजना गरेको छ। उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरेका छन्। अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ।
युद्धको स्थायी अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आएको छ।
यसैबीच, बन्धक नामा लेवीको २०औं जन्मदिन मनाउन तेल अविवमा हजारौं मानिसले –याली निकालेका छन्। नामा लेवीका बुबा, योनी लेवीले भने–“उनी यहाँ आप्mनो परिवारसँग, आप्mना साथीहरूसँग हुनु आवश्यक छ।” नाहल ओज सैन्य आधारबाट नामालाई अपहरण गरेपछि उनी हमासको एउटा भिडियो टेलिग्राममा देखा परेका थिए। भिडियोमा उनको हात बाँधिएको र प्यान्ट रगत र मैलोले ढाकिएको थियो।
हमास लडाकूले दक्षिणी इजरायलमा आक्रमण गरी करीब १,२०० जनाको हत्या गरी २५१ जना बन्धक बनाएपछि अक्टोबर ७ मा शुरू भएको युद्धलाई सरकारले नियन्त्रण गरेको भन्दै विरोधमा प्रदर्शनकारीहरूले हरेक शनिवार राति महीनौंदेखि विरोध प्रदर्शन गर्दै आएका छन्। रासस