तेर्हथुम ८, असार/रासस

कोशी प्रदेश पुरुष फूटबल प्रतियोगिताको उपाधि मोरङले जितेको छ।  तेर्हथुमको म्याङलुङमा शनिवार सम्पन्न प्रतियोगिताको फाइनलमा ओखलढुङ्गालाई शून्यविरुद्ध दुई गोल गर्दै मोरङ विजेता बनेको हो।

मोरङले नगद रु तीन लाख ३३ हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रथम पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको ओखलढुङ्गाले रु दुई लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

म्याङलुङ खेलमैदानमा असार ३ गतेदेखि शुरू भएको प्रतियोगितामा कोशी प्रदेशका अन्य १२ जिल्लाको सहभागिता थियो। प्रदेश खेलकूद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना, जिल्ला खेलकूद विकास समिति ते–हथुमको संयोजन र कोशी प्रदेश फूटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो। बोर्डले रु २० लाख र खेलाडीका लागि आवास, खाजाका लागि म्याङलुङ नगरपालिकाले रु १० लाख प्रदान गरेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्र बरालले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here