प्रस, वीरगंज, ६ असार/

कबीर प्रकट दिवस बिहीवारदेखि शुरू भएको छ। आजदेखि ८ गतेसम्म आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रम पाठ प्रकाश गरी प्रारम्भ भएको छ।

यो दिवस भारतका नौवटा र नेपालको सतलोक आश्रम धनुषाका साथै विश्वका विभिन्न देशहरूमा मनाइँदैछ।

धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा आज बिहान ९ः१५ बजेदेखि शुरू भएको कार्यक्रममा अमरग्रन्थ साहेबको पाठ प्रसङ्ग उल्लेख गरिएको थियो।

कार्यक्रममा उल्लेख्य सङ्ख्यामा भक्तजन एवं प्रसिद्ध व्यक्तिहरूको सहभागिता छ। आजको कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साह, सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल, सप्तरी जिल्ला समन्वय समितिका सभापति शिवनारायण साहलगायत विभिन्न स्थानीय पालिकाका प्रमुखहरूको सहभागिता थियो। आगन्तुकहरूका लागि शुद्ध घ्युको लडडु, जेरी, बर्फी, हलुवा प्रसादका साथै पुरी, तरकारी, सलाद, दाल, भात, अचार आदि खानाको  विशाल भण्डाराको व्यवस्था गरिएको थियो। कार्यक्रममा कबीर साहेबको जीवनलीला चित्रण गर्ने आध्यात्मिक प्रदर्शनीहरू पनि लगाइएको छ। आश्रमले जुनसुकै धर्मावलम्बीका व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई निश्शुल्क भोजन गराउन तयार रहेको जनाएको छ। कार्यक्रमको दोस्रो दिन भोलि दाइजोमुक्त विवाह, रक्तदान शिविर गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको पहिलो दिन आज करीब दुई लाख श्रद्धालुको सहभागिता रहेको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here