आइसिसी टी–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ।
वेस्ट इन्डिजले दिएको १८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्डले १७ दशमलव तीन ओभरमा दुई विकेट गुमाउँदै पूरा ग–यो। इङ्ल्यान्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए। उनले ४७ बलमा सात चौका र पाँच छक्काको मदतमा ८७ रनको योगदान गरेका थिए।
जोनी बेयरस्टोले ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाए। बलिङतर्फ वेस्ट इन्डिजका आन्द्रे रसेल र रोसटन चेसले समान एक/एक विकेट लिए।
त्यस अघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रनको योगफल बनाएको थियो।
वेस्ट इन्डिजका लागि जोनसन चाल्र्सले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए। उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए। त्यस्तै, शार्पेmन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे।
इङ्ल्यान्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए।