काठमाडौं, ६ असार/रासस

आइसिसी टी–२० विश्वकप २०२४ को पहिलो सुपर आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित गरेको छ। दक्षिण अफ्रिका अमेरिकालाई १८ रनले पराजित गर्दै विजयी भएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार १९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७६ रनमा समेटियो। अमेरिकाका एन्ड्रिस गौसले सर्वाधिक ८० रन बनाए। उनले ४७ बलमा पाँच चौका र पाँच छक्कासहित ८० रनको योगदान दिए।

त्यस्तै, हरमित सिंहले २२ बलमा दुई चौका र तीन छक्कासहित ३८ रन बनाए। स्टिभन टेलरले २४, नितेश कुमारले आठ तथा कोरी एन्डरसनले १२ रन जोडे।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले तीन विकेट लिए भने केशव महाराज, एनरिच नोर्किया र तबरेज शाम्सीले समान एक/एक विकेट लिए।

त्यस अघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९४ रनको योगफल बनाएको थियो। क्विन्टन डि ककले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४० बलमा सात चौका र पाँच छक्कासहित ७४ रन बनाएका थिए।

कप्तान एडेन माक्ररमले ३२ बलमा चार चौका र एक छक्कासहित ४६ रन जोडे भने हेनरिक क्लासेन २२ बलमा तीन छक्कासहित ३६ रनमा बनाए। ट्रिस्टन स्टब्सले १६ बलमा दुई चौकासहित २० रन बनाए। अमेरिकाका हरमित सिंह र सौरभ नेत्रवालकरले समान दुई/दुई विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here