सर्लाहीको हरिपूर्वा नगरपालिकामा लामखुट्टे मार्न औषधि छर्कने क्रममा पिकअप गाडीमा आगलागी भएकोमा दुईजना घाइते भएका छन्।
हिजो राति हरिपूर्वा नगरपालिका–४ डुमरियाटोलामा लामखुट्टे मार्न औषधि छर्ने कार्य भएको थियो।
गौर नपाबाट पिकअप मगाएर औषधि छरिरहेको बेला राति करिब १० बजे पिकअपमा अचानक आगलागी भएको र गाडीमा रहेका गौर नपा–८ निवासी २५ वर्षीय लक्ष्मीनारायण साह र ५० वर्षीय गेना पण्डित घाइते भएका प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई प्रहरीले उपचारको लागि जनकपुर अस्पताल पठाएको जिप्रका, सर्लाहीले जनाएको छ।