अमेरिका, ४ असार /एएफपी

मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

एल साल्भाडोरमा अहिलेसम्मको सबैभन्दा बढी प्रभावित पश्चिमी जिल्ला टाकुबामा सोमवार पाँचजनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले बताएका छन्।

यसैगरी, राजधानीस्थित राजमार्गहरूमा यात्रा गरिरहेका कारमा रूख र पोल खस्दा आइतवार दुईजनाको मृत्यु भएको थियो।

शुक्रवार र आइतवारबीच बाढी र पहिरोमा परी थप चारजनाको मृत्यु भएको अमायाले बताए।  आइतवार काङ्ग्रेसले स्रोतहरूको परिचालन सहज बनाउन आपत्कालीन अवस्था अनुमोदन ग–यो।

राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलवार सङ्घीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र त्रासदीको जोखिम कम गर्न आह्वान गरे। गत शनिवारदेखि दुवै स्थानमा वर्षा भइरहेको छ।

ग्वाटेमालामा पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतवार एक महिला र एक पुरुषको मृत्यु भएको   अधिकारीहरूले जनाए।

इक्वेडरमा पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको बताएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी इक्वेडरको तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाले पहिरो गएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here