यो सातामा कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को बिन्दुमा कायम भएको छ।
आज ३१७ कम्पनीका एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहका उपसूचक घटेका छन्। सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य विकास बैंक समूह एक दशमलव २० प्रतिशतले घटेका छन्।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै रु ३० करोड ४० लाख ५३ हजार ४९२ बराबरको चार लाख ७९ हजार ९८७ कित्ता शेयर किनबेच भएका छन्।