नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले बिहीवार हरिवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन्।
विश्व रक्तदाता दिवसको अवसरमा हरिवन नगरपालिकाको आर्थिक सहयोग तथा रक्तसञ्चार सेवा केन्द्र धनुषा र भैरवी दल गण पाँचकुमारी ब्यारेकको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा सातजना महिलासहित ७५ जनाले रक्तदान गरेको शाखा अध्यक्ष टङ्कबहादुर क्षत्रीले बताए।
हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानले उद्घाटन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, भैरवी दल गण पाँचकुमारीका गणपति सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी नायब उपरीक्षक रोहितबहादुर घिमिरे, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी, बाग्मती सेवा समाज नेपालका पूर्वअध्यक्ष भरतकुमार कार्कीलगायतको सहभागिता थियो।