साम्यवादको सैद्धान्तिक पक्षमा आधारित शासन व्यवस्था विश्वबाट प्रायः लुप्त नै भइसकेको छ। जुन देशमा यस व्यवस्थालाई आदर्श मानिएको छ, त्यसले पनि आफ्नो सिद्धान्तको आवरण फेरिसकेको छ। त्यहाँ पनि पूँजीवादी अर्थ व्यवस्था आत्मसात् गरिएको छ। कार्ल माक्र्सको जर्मनी, लेनिनको रूस र माओको चीनमा साम्यवादी अर्थ व्यवस्थालाई तिलाञ्जलि दिने काम भइसकेको छ तर तिनका नेपाली अनुयायीहरू अहिले पनि वामपन्थी किताब पढेर अगाडि बढ्न खोज्दैछन्। कम्युनिस्टहरूकै कारण नेपालमा चीन, अमेरिका र पश्चिमाहरूको हस्तक्षेप बढेको छ। सोभियत सङ्घको विघटनपश्चात् त्यसका कुनै पनि देश कम्युनिस्ट पार्टीको नाम पनि उच्चारण गर्न चाहन्नन्। किनभने वामपन्थको नाममा जनतालाई केवल भ्रमित पार्ने काम भएको छ। विगतका दिनमा केवल विश्वभरका मजदूर र सर्वहाराको कुरा गर्ने वामपन्थीहरू अब आफ्नो विचार असान्दर्भिक भएपछि जातीय र धार्मिक कट्टरपन्थलाई पनि आप्mनो सिद्धान्तभित्र शोषित वर्गको रूपमा समावेश गर्न भ्याएका छन्। हमास आक्रमणमा इजरायलमा मारिएका नेपाली र सर्वसाधारण इजरायलीको पक्षमा एउटा सानो विज्ञप्ति पनि जारी नगर्ने र त्यसको आलोचना नगर्ने नेपालका वामपन्थीहरूले इजरायलद्वारा हमासको प्रभाव क्षेत्र गाजामा गरिएको आक्रमणको चर्काे विरोध गरे। विश्वको कुनै पनि देशका वामपन्थीहरूले ९/११ को घटनाको आलोचना गरेनन्। यहाँसम्म कि तालिबानद्वारा अफगानिस्तानको बामियानमा रहेको भगवान् बुद्धको आकर्षक एवं भव्य प्रतिमा ध्वस्त गराउँदा पनि वामपन्थीहरूले विरोध गरेनन्। इस्लामिक चरमपन्थी समूह जैश ए महम्मद, लस्कर ए तोयबा, आइएसआइएस, तालिबान, हमास आदिद्वारा गरिएका नरसंहारका घटनाको कहिल्यै वामपन्थीहरूले विरोध गरेनन्।
सत्ताको निर्मम प्रयोग र विशेष अधिकारको भय एवं लोभका आधारमा मात्र ती देशमा शासन चलाउने काम भयो। कृषि क्षेत्रमा माक्र्सवादी प्रयोगले गरेको विध्वंसको उदाहरण सोभियत सङ्घ, चीन, उत्तर कोरिया, कम्बोडिया, इथियोपिया आदि देशहरूमा करोडौं मानिस भोकले मरे तर शेष विश्वलाई दशकौंपछि मात्र यसको जानकारी भयो। कम्युनिस्ट पार्टीको शासनसत्ता अस्तित्वमा रहुन्जेल त्यसको कमी कमजोरी तथा विकृतिबारे विश्वलाई थाहा भइरहेको हुँदैन। वर्गहीन राज्य, गैरदमनकारी राज्य तथा समतावाद यसको घोषित लक्ष्य समाप्त भइसकेको छ। वर्तमान अवस्थामा कुनै पनि देशका शिक्षित युवा कम्युनिस्ट विचारधाराप्रति सहानुभूति र समर्थन देखाउन चाहँदैनन्। शायद त्यसैले होला अब कम्युनिस्टहरू धार्मिक कट्टरता, अल्पसङ्ख्यकवाद, महिला, जाति वा दलित र राष्ट्रवादजस्ता विषयलाई आप्mनो राजनीतिक मुद्दा बनाउँदै छन्।
माक्र्सवादी विद्वान्, विश्लेषक, साहित्यकार, लेखक एवं विज्ञहरू आप्mनो जानकारी र ज्ञानलाई मात्रै अन्तिम सत्य मान्ने गर्दछन्। यिनीहरू तथ्य र तर्कको बढी सामना गर्न सक्दैनन्। तथ्य र तर्कको अभाव भएपछि भौतिक आक्रमणको प्रयास पनि गर्छन्। सहिष्णुता, सहअस्तित्व, सद्भाव र मेलमिलाप यिनीहरूलाई मन पर्दैन। आप्mनो परिभाषाभित्र शोषित, उपेक्षित र पीडित ठहरिनेहरूको हत्या, हिंसा र अपराधलाई पनि जायज मान्न यिनीहरू सहमत हुन्छन् तर आपूmभन्दा फरक मत भएकाहरू पीडित भए पनि यिनीहरू सहानुभूतिसमेत व्यक्त गर्न सक्दैनन्। अमेरिका र युरोपका कतिपय विश्वविद्यालयहरूमा पनि अहिले इजरायल र प्यालेस्टाइन युद्धको विषयले व्यापक चर्चा पाएको छ। अमेरिकी माक्र्सवादी विद्वान्हरू आफ्नो सरकारमाथि दबाब बनाउने प्रयास गरिरहेका छन् कि अमेरिकाको हतियार बनाउने कम्पनीहरूले इजरायललाई लाभ पु–याउने खालको व्यापारबाट आप्mनो लगानी फिर्ता गर्नुपर्छ। कोलम्बिया विश्वविद्यालयका १०० भन्दा बढी छात्रले हमासको बचाउ गर्दै सेप्टेम्बर ७ मा भएको इजराइलीहरूको आमसंहारलाई पनि जायज ठह–याउने काम गरिरहेका छन्। कोलम्बिया विश्वविद्यालयले हमास हिजबुल्लाह तथा जिहादका समर्थक मोहम्मद अबुदलाई अतिथि सम्पादकको रूपमा नियुक्त ग–यो। यसै संस्थानका एक प्राध्यापकले हमासद्वारा गरिएको आक्रमणलाई प्रशंसनीय बताएका थिए।
साउथ क्यालिफोर्नियाका प्राध्यापक अब्दुल फतह अल नाजीलाई त एक इजरायली प्रदर्शनकारीलाई निर्मम कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ नै गरिएको थियो। हमासद्वारा गरिएको निर्मम एवं पाशविक हत्या, आक्रमणको भोलिपल्ट नै हावर्ड अध्यक्ष क्लाउदिन गे युनिभर्सिटी अफ पेन्सिलभेनियाका अध्यक्ष लिज मैगिल र एमआइटी अध्यक्ष सैली कार्नब्लथले यहुदी जनसंहारलाई अभिव्यक्तिको स्वतन्त्रताको संज्ञा दिंदै निर्लज्जतापूर्वक बचाउ गरेका थिए।
अमेरिकी विश्वविद्यालयहरूमा प्रस्टरूपमा देख्न सकिन्छ कि इस्लामिक शिया र वामपन्थी कट्टरताबीच बढ्दो घनिष्ठता मूलतः सांस्कृतिक माक्र्सवादकै देन हो। वैचारिक कट्टरताको यस पक्षको कहिल्यै समीक्षा भएन। कार्ल माक्र्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवाद अनुसार शोषित मजदूरवर्गलाई पूँजीवादविरुद्ध क्रान्ति गर्नु थियो तर रूसी क्रान्ति किसानद्वारा गरियो। बोल्सेविक क्रान्तिपछि युरोपका प्रायः सबैजसो कम्युनिस्ट र सोसलिस्ट पार्टीहरूले माक्र्सद्वारा क्रान्ति हुनुलाई अवश्यम्भावी भनिएको कारण आन्दोलन स्वतः नै हुने अपेक्षा गरिरहेका थिए तर क्रान्ति भएन। निरूत्साही विचारकहरूले नयाँ तरीकाले माक्र्सको आकलन गर्न थाले। जर्मनीको फ्राङ्कफर्टस्थित विश्वविद्यालयका प्राध्यापकहरूले यस सम्बन्धमा अध्ययन गरे। यस मतान्तरित विचारलाई फ्राङ्कफर्ट स्कूल अफ थटको नाम दिइयो। यी बुद्धिजीवीहरूले आपूmलाई सबैखाले राजनीतिक विचारधाराबाट पृथक बताउने प्रयास गरे पनि पूँजीवादको विरोध र क्रान्तिको पक्षमा अवश्य नै थिए।
करीब छ–सात दशक अघि शुरू भएको नारी मुक्ति आन्दोलन र यौन क्रान्तिले नारीवादीहरू र यौनिक अल्पसङ्ख्यकहरूलाई पनि शोषित वर्गमा जोड्ने काम ग–यो। माक्र्सवाद र इस्लामियतमा समानरूपमा विद्यमान कट्टरता र धार्मिक अल्पसङ्ख्यकलाई शोषित वर्गको रूपमा पहिचान गरिए पनि इस्लामिक कट्टरपन्थीहरूले आफ्नो निम्ति एउटा राम्रो शुभेच्छुक कमाए। नयाँ–नयाँ वामपन्थी विचारहरूसित अब क्रान्तिका वाहकको रूपमा एउटा ठूलो वर्गको समर्थन हासिल हुने काम भयो। सशस्त्र सङ्घर्ष गर्न सक्ने सम्भावना नदेखिएपछि वामपन्थीहरू विश्वविद्यालयलाई नै क्रान्तिको निम्ति उपयुक्त माध्यम ठान्दछन्। वामपन्थी विद्वान् ग्राम्सेले माक्र्सवादीलाई शैक्षणिक संस्थाहरूमा घुसपैठ गरी आफ्नो प्रभावक्षेत्र बनाउन र समाजमा क्रान्तिकारी चेतनाको आन्दोलन पनि यहीबाट चलाउन आग्रह पनि गरे। माक्र्युजले समाजमा क्रान्तिकारी चेतनाका लागि शैक्षिक संस्थाको उपयोग गर्न सुझाव दिए। यसका साथै उनले सहिष्णुतालाई नै दमनकारी घोषित गरे। माक्र्युजले भनेका थिए कि जबसम्म समाजमा कुनै पनि प्रकारको वर्ग संरचना रहन्छ तबसम्म बुर्जुवा वर्गले सहिष्णुतालाई आप्mनो विशेषाधिकार र सत्ता उपयोग गर्ने हतियारको रूपमा प्रयोग गरिरहने छन्। यसर्थ माक्र्युजलेको विचार अल्पसङ्ख्यक कट्टरपन्थी र अराजक तत्वहरूप्रति सहिष्णुताको समर्थन त गर्दछ तर बहुसङ्ख्यक सरकारीतन्त्रप्रति सहिष्णुताको विरोध गर्दछ।
तथ्य र तर्कलाई अस्वीकार गर्ने सांस्कृतिक राष्ट्रवादले प्रत्येक सामाजिक समस्यालाई समूहको दृष्टिले हेर्ने काम मात्रै गर्दैन, अपितु पूरै विश्वलाई शोषित र शोषक गरी दुर्ई भागमा विभाजित गरिएको छ। यस्तोमा यस विचारधाराले केही समूहलाई अन्ध समर्थन गर्ने र केहीको अन्धो विरोधलाई प्रोत्साहित गर्दछ। आप्mनो मताग्रहका कारण सांस्कृतिक मार्ग त्यस्ता तथ्यहरूको उपेक्षा गर्दछ, जुन उसको विचारधाराविरुद्ध रहेको हुन्छ। जसरी कि बहुसङ्ख्यक सधैं शोषक र अल्पसङ्ख्यक सधैं शोषित नै रहन्छ जबकि यस्तो होइन। आर्थिक, सामाजिक र राजनीतिकरूपले बलियो समूह अल्पसङ्ख्यक पनि हुन सक्दछ जस्तो पाकिस्तानको विभाजन हुनुभन्दा अघि पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) को जनसङ्ख्या बढी थियो तर शासनसत्तामा सधैं पाकिस्तानी पञ्जाबीहरूको बाहुल्य रहेको थियो जुन अहिले पनि छ। पाकिस्तानका सिमाना प्रान्त सिन्ध र बलुचका जनताको यस्तै आरोप रहेको छ।
असहिष्णुता र कट्टरतालाई विचारधाराको आवरण दिएर त्यसलाई सांस्कृतिक माक्र्सवादको रूपमा परिभाषित गर्ने काम दुर्भाग्यपूर्ण हो। सोभियत सङ्घको विघटनपश्चात् विश्वबाट साम्यवाद पतन भइसक्यो भन्ने अनुमान गरिएको थियो र माक्र्सवादको नयाँ–नयाँ बदलिदो रूप झन् खतरनाक र कट्टरतामा आधारित हुन थालेको छ।