बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिंदा कारोबार रकम भने उच्च देखिएको छ। नेप्से परिसूचक छ दशमलव ३७ अङ्कले बढेर दुई हजार १२१ दशमलव ६२ को बिन्दुमा कायम भएको छ।
आज ३१२ कम्पनीका एक करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ पटक खरीद–बिक्री हुँदा रु पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव ३६ प्रतिशतले घटेका छन् भने अरू सबै समूहका उपसूचक बढेका छन्। सबैभन्दा धेरै वित्त समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ८३, विकास बैंक शून्य दशमलव ११, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६० प्रतिशतले बढेका छन्।
लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेका छन्। समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २७ करोड ६३ लाख ६० हजार ४९१ बराबरको शेयर किनबेच भएका छन्। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार २०७ कित्ता शेयर किनबेच भएका छन्।