प्रस, वीरगंज, २९ जेठ/

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अदालतमा विचाराधीन रहेको अस्पताल भवन निर्माणको मुद्दालाई फास्ट ट्र्याकमा सम्बोधन गर्न पहल गरिरहेको बताएका छन्।

मङ्गलवार नारायणी अस्पताल, वीरगंजको निरीक्षण गर्दै उनले प्रधानमन्त्री र कानूनमन्त्रीसँग भेटेर मुद्दाको फैसला चाँडै गर्न आग्रह गरेको बताए। मन्त्री यादवले फैसला भएसँगै भवन निर्माणको काम द्रुतगतिमा अगाडि बढ्ने बताए।

मन्त्री यादवले अस्पतालको पूर्वाधार विकासदेखि औषधि र उपकरण खरीदका लागि मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको

जानकारी गराए। उनले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्वस्वास्थ्यमन्त्रीरूसँग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार काम गरिरहेको बताए।

मन्त्री यादवले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर मन्त्रालयमा पेश गर्न निर्देशन दिए। उनले समस्याहरूको सूचीसँगै तत्काल, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको रिपोर्ट तयार पारेर मन्त्रालयमा आउन मेसुलाई सुझाव दिए।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नति आफ्नो प्रमुख एजेन्डा भएको बताए। उनले अस्पतालको स्तरोन्नतिको लागि वीरगंज महानगरपालिकाले

सहयोग उपलब्ध गराउने बताए। नगरप्रमुख सिंहले कर्मचारी आवासगृह निर्माणका लागि जग्गा उपलब्ध गराउने बताए।

मन्त्री यादवले नारायणी अस्पतालको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याबलगायतको अनुगमन गर्दै त्यहाँ उपचाररत बिरामी र कुरुवाहरूसँग कुराकानी गरेका थिए।

उनले बिरामीहरूको उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूको व्यवहार, औषधिको उपलब्धता र अस्पतालका अन्य सेवाहरूको गुणस्तरबारे जानकारी लिएका थिए।

मन्त्री यादवले बिरामीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्न अस्पतालका मेसु डा हकलाई निर्देशन दिए। फार्मेसीमा औषधिको व्यवस्थापनका लागि मन्त्रालयसँग बजेट माग गर्न र ओपिडी सेवाका लागि टिकट काउन्टर थप्दै सो स्थानलाई वातानुकूलित बनाउन निर्देशन दिए।

अनुगमनपछि मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँग छलफल गरेका थिए।

मेसु डा हकले भवन पुरानो हुँदा बिरामीहरूको उपचारमा समस्या भएको बताउँदै भवनको अवस्था जर्जर रहेको र वर्षायाममा पानी चुहिंदा उपचारमा कठिनाइ भइरहेको जानकारी गराएका थिए।

मेसु डा हकले नारायणी अस्पताल ३५० शय्यामा स्तरोन्नति भएको वर्षौं बितिसक्दा पनि कर्मचारी दरबन्दी १०० शय्या अनुसारको नै रहेको बताए।

उनले शøया अनुसारको दरबन्दी कायम गर्न, आवासगृह, मेशिनरी र अन्य पूर्वाधारको अभावबारे जानकारी गराएका थिए।

अनुगमनमा अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, प्रदेशसभा पूर्वसदस्य जन्नत अन्सारी लगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here