प्रस, वीरगंज, २६ जेठ/

महालेखापरीक्षकको प्रतिवेदन अनुसार पर्सामा हालसम्म रु सात अर्ब ५२ करोड २१ लाख ३८ हजार बेरुजू देखिएको छ।बढ्दो बेरुजूमा कुनै स्थानीय तहले चासो नदेखाएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा निर्वाचित जनप्रतिनिधिहरूले मात्र एक वर्षमा रु दुई अरब ९६ करोड ९८ लाख बेरुजू गरेको पाइएको छ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगंजले गत आर्थिक वर्षमा मात्र ७६ करोड ९६ लाख २६ हजार बेरुजू गरेको छ भने हालसम्म सो कार्यालयमा तीन अर्ब ९२ लाख ८४ हजार बेरुजू रहेको छ।

पोखरिया नगरपालिकाले गत आर्थिक वर्षमा आठ करोड ४७ लाख ३३ हजार बेरुजू गरेको छ भन्ने हालसम्म ४८ करोड ७८ लाख  ६४ हजार बेरुजू रहेको छ।

पर्सागढी नगरपालिकाले गत आर्थिक वर्षमा दुई करोड ५९ लाख २८ हजार बेरुजू गरेको छ भने हालसम्म सो नगरपालिकामा २९ करोड ६४ लाख ६५ हजार बेरुजू रहेको छ।

बहुदरमाई नपाले गत आर्थिक वर्षमा चार करोड १४ लाख ६५ हजार बेरुजू गरेको छ भने हालसम्म सो नपामा ३५ करोड ६१ लाख बेरुजू रहेको छ।

ठोरी गाउँपालिकाले गत आर्थिक वर्षमा ९९ लाख ८० हजार बेरुजू गरेको छ भने हालसम्म सो पालिकामा २५ करोड ८५ लाख १६ लाख बेरुजू रहेको छ।

सखुवाप्रसौनी गापाले गत आर्थिक वर्षमा तीन करोड ५६ लाख ३९ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा ३७ करोड २० लाख ११ हजार बेरुजू रहेको छ।

पटेर्वासुगौली गापाले गत आवमा सात करोड ३४ लाख बेरुजू गरेको छ भने हालसम्म सो गापामा २५ करोड ६२ लाख २१ हजार बेरुजू देखिएको छ।

पकाहामैनपुर गापाले गत आवमा छ करोड १० लाख ९८ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा १८ करोड १७ लाख २७ हजार बेरुजू देखिएको छ।

कालिकामाई गापाले गत आवमा दुई करोड १६ लाख ६८ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा १८ करोड ५९ लाख ९० हजार बेरुजू रहेको पाइएको छ।

जीराभवानी गापाले गत आवमा पाँच करोड २० लाख ७७ हजार बेरुजू गरेको छ भने सो गापामा हालसम्म ३७ करोड ९९ लाख ९३ हजार बेरुजू रहेको छ।

जगरनाथपुर गापाले गत आवमा तीन करोड २४ लाख १६ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा ५७ करोड ४० लाख ८० हजार बेरुजू रहेको पाइएको छ।

धोबिनी गापाले गत आवमा तीन करोड ३५ लाख ८९ हजार बेरुजू गरेकोमा हालसम्म सो गापामा २६ करोड ७७ हजार ८२ हजार बेरुजू रहेको छ।

छिपहरमाई गापाले गत आवमा पाँच करोड ९६ लाख ९६ हजार बेरुजू गरेको छ भने हालसम्म सो गापामा ३० करोड एक लाख २८ हजार बेरुजू रकम रहेको छ।

विन्ध्यवासिनी गापाले गत आवमा दुई करोड ८५ लाख ९६ लाख बेरुजू गरेको छ भने हालसम्म सो गापामा २३ करोड ७३ लाख तीन हजार बेरुजू रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here