वाशिंगटन डिसी, २६ जेठ/एएफपी

५५ वर्ष अघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्षयात्री विलियम एन्डर्सको शुक्रवार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ।

एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रवार बिहान वाशिंगटन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनका छोराले अमेरिकी मिडियालाई बताए। विमानमा एन्डर्स एक्लै थिए। शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए।

डिसेम्बर १९६८ मा अपोलो–८  मिशनको सदस्य, एन्डर्स आप्mना समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए।

चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारविरुद्ध चम्किलो नीलो पृथ्वीको फोटो खिचेका थिए। ‘अर्थराइज’ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेका १०० तस्बिर’हरूको सूचीमा समावेश गरिएको थियो।

“सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गरेका थिए”–नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए।

सन् १९३३, अक्टोबर १७ मा हड्ढङमा जन्मेका एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाले। उनी विशेषगरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बने र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरे। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here