चिरञ्जीवी सापकोटा, ठोरी, २५ जेठ/

ठोरी गाउँपालिका–२ स्थित वनशक्ति आधारभूत विद्यालयलाई कक्षा स्थगन गरी प्राथमिक तहमा रूपान्तरण गरिएको छ। शुक्रवार विद्यालयमा भएको विव्यस, जनप्रतिनिधि तथा अभिभावकहरूको भेलाले आधारभूत तह (कक्षा ६–८)सम्म अध्ययन हुँदै आएको विद्यालय प्राथमिक तह (कक्षा १–५)मा रूपान्तरण गरिएको हो। शिक्षकको अभाव र विद्यार्थी सङ्ख्या न्यून रहेका कारण ६ देखि ८ सम्मका कक्षा स्थगन गर्नुपर्ने अवस्था आएको हो।

विव्यसका अध्यक्ष सानुबाबू लामाको अध्यक्षता तथा ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठ, वडाध्यक्ष अमृतकृष्ण सापकोटा, शिक्षा प्रमुख भुपाल जोशीको उपस्थितिमा भएको अभिभावकसहितको भेलाले उक्त निर्णय गरेको हो।

२०६७ सालदेखि निमावि तहको कक्षा सञ्चालन भए तापनि आज १५ वर्ष पुग्दासमेत राज्यबाट निमावि तहको दरबन्दी आउन नसक्दा तथा उक्त तहमा विद्यार्थी सङ्ख्या अति कम भएकाले पनि कक्षा स्थगन गर्नुपरेको अभिभावकहरूको भनाइ छ। आजको विव्यस र अभिभावकहरूको निर्णयलाई गापा अध्यक्ष र वडाध्यक्षले सहमति जनाएका छन्। बैठकमा आगामी दिनमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएमा विद्यालयलाई पुनः निमावि तह बनाइनेसमेत निर्णय भएको छ। निर्णयसँगै सो विद्यालयको कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई सरस्वती मावि गौतमनगरमा स्थानान्तरण गरिएको वनशक्ति आधारभूत विद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here