बिहीवार बिहान एक बजेतिर आएको हावाहुरीले पर्साका विभिन्न स्थानमा व्यापक क्ष्Fति भएको छ र सडक तथा विद्युत् आपूर्ति ठप्प भएको छ।
वीरगंज महानगरपालिका वडा नं २६ अठराहा निवासी युनिस मियाँ अन्सारीको घर भत्काएको छ। सो क्षेत्रमा अन्य व्यक्तिहरूको फुसको घरमा पनि निकै क्षति भएको छ।
प्रस, सेढवा/
बिहीवार बिहान १ बजे आएको हुरीले थरूहट क्ष्Fेत्रको विद्युत् आपूर्ति ठप्प भएको छ। रातिदेखि बिहीवार साँझसम्म विद्युत् आपूर्ति भएको छैन। फ्युज सेवा सुवर्णपुरका प्रमुख रामलाल साहले वडा नं ३ निर्मलबस्तीमा दुईवटा हाई एक्स्टेन्सन लाइनका पोलहरू ढलेको बताए। उनले वीरगंजबाट पोखरिया र सेढवा सबस्टेशनमा आउने ३३ केभिए लाइन प्रभावित भएका कारण विद्युत्
अवरुद्ध भएको बताए। उनले वीरगंजमा नै ३३ केभिए लाइनमा समस्या भएको कारण पर्साका ग्रामीण क्षेत्रमा पनि विद्युत् आपूर्ति हुन नसकेको र त्यहाँ सुचारु हुने बित्तिकै विद्युत् आपूर्ति नियमित हुने बताए।
नरेश यादव, पर्सागढी/
हिजो राति आएको हावाहुरीले पर्सागढी नगरपालिकाका अधिकांश वडामा रहेका कच्ची घरमा क्षति पुगेको छ। दलित टोलका घरहरू पूर्णरूपमा क्षति भएको स्थानीय पप्पु रामले बताएका छन्।
यस्तै, वीरगंज महानगरपालिका नगवा निवासी मनिर मियाँले पर्सागढीमा आँपको बगैंचा भाडामा लिएर आँपखेती गरिरहेकामा हावाहुरीले सबै आँप झरेपछि उनी मर्कामा परेका छन्।
प्रमोद यादव, पंचगावाँ/
गएराति आएको हावाहुरीका कारण सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी टोलमा रूख ढलेपछि आवागमन अवरुद्ध भएको छ।
त्यस्तै, वीरगंज–जानकीटोला सडकखण्डको डोकैला बहुअरीमा पनि रूख र विद्युतीय पोल खस्दा आवागमनमा कठिनाइ भएको हो।
सखुवाप्रसौनी गापा–१ स्थित भोलेशङ्कर आधारभूत विद्यालयको दुई कोठे भवनको छाना हुरीले उडाएको छ। हुरीले छाना उडाएपछि सो विद्यालयमा अध्ययनमा कठिनाइ भएको छ।
बलिराम शुक्ला, बिरुवागुठी/
गएराति आएको भीषण हावाहुरीका कारण पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ।
हावाहुरीका कारण विशेषगरी खर र टायलको छानो भएका सयौं घरमा ठूलो छति पुगेको छ भने दर्जनौं विद्युत् पोलहरू भाँचियर खस्दा पर्सागढी नपालगायत ग्रामीण भेगमा सडक अवरुद्ध हुनुका साथै रातिदेखि नै विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
जीतपुर–रङ्गपुर जनता सडकखण्डको सथवल गाउँँनजीक दुईवटा विद्युत् पोल जनता सडकखण्डमा खस्दा आज दिनभरजसो सो सडकखण्ड भएर चल्ने ठूला सवारीसाधनहरू चल्न सकेनन्। त्यसैगरी, मनवादेखि तेलिया एकटाँगा हुँदै श्रीपुर बजार जाने सडकखण्डमा पनि आधा दर्जनभन्दा बढी विद्युत् पोल र रूखहरू ढल्दा सो सडकखण्ड भएर चल्ने सवारीसाधनहरू अवरुद्ध भए।
ढलेका पोलहरूलाई विद्युत् प्राधिकरणले हालसम्म पनि नहटाएकाले पोल र तारहरूका कारण सडक दुर्घटना हुन सक्ने देखिएको छ।
विद्युत् अवरुद्ध
बिहीवार बिहान आएको हावाहुरीले पर्सा जिल्लाका विभिन्न स्थानमा विद्युत्का पोल र ट्रान्सफर्मर ढालेको छ। विद्युत्का पोल र ट्रान्सफर्मर ढल्दा बिहीवार राति १ बजेदेखि पर्साका विभिन्न स्थानमा विद्युत् अवरुद्ध भएका छन्।
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेका अनुसार आँधीहुरीले वीरगंज महानगरका विभिन्न स्थानमा गरी करीब २५ वटा विद्युत् पोल भाँचिएर ढलेका छन् भने लालपर्सा र रतनपुरमा ट्रान्सफर्मर नै पोलबाट खसेर क्षति
भएको छ। वीरगंज–३० लालपर्सामा १० वटा पोल भाँचिएर ढलेको उनले बताए। यस्तै, वीरगंजको पावरहाउस चोकमा पनि पाँचवटा पोल ढलेको उनले बताए।
ठाउँठाउँमा ढलेका पोल, तार र ट्रान्सफर्मर मर्मतको काम बिहानैदेखि शुरू गरिएको र अहिले पनि प्राविधिकहरू त्यस कार्यमैं लागिरहेको प्रमुख दुबेले बताए। प्राधिकरणका प्राविधिक र कर्मचारीहरू बिहानैदेखि खटेर काम गरिरहेका छन्। विद्युत् पोल ढलेका स्थानमा मरम्मतसम्भार कार्य भइरहेको र सोबाहेकका क्षेत्रमा दिउँसो २ बजेदेखि विद्युत् सुचारु गरिएको थियो।
यसैगरी, कलैया र सिमरामा पनि थुप्रै विद्युत् पोल ढलेका छन्।