प्रस सिम्रौनगढ, २४ जेठ/

सिम्रौनगढ नगरपालिकाको संस्थागत विद्यालयका प्रधानाध्यापक तथा संस्थापकहरूको भेला सम्पन्न भएको छ।

सिम्रौनगढ नगरपालिकाको सभाकक्षमा भएको भेलाले इएमइएस कोड लिने र विद्यार्थीको सङ्ख्या अद्यावधिक गर्नेसम्बन्धी विषयमा छलफल भएको थियो।

सिम्रौनगढ नगरपालिका शिक्षा शाखा प्रमुख कमलेश अग्रहरीको अध्यक्षतामा भएको भेलामा रामचन्द्रप्रसाद जयसवाल, रामकिशोरप्रसाद यादव, राधामोहनप्रसाद यादवलगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण कमलेशकुमार कुशवाहाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here