काठमाडौं, २० जेठ/रासस

आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी–२० विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो। खेलमा क्यानडाले दिएको १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा ग–यो।

अमेरिकाको जीतमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए। उनले ४० बलमा चार चौका र १० छक्काको मदतले ‘नटआउट’ हुँदै (अविजित) ९४ रन बनाए। एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन जोड। कप्तान मोनाङ्क पटेलले १६ रन बनाए। बलिङतर्फ क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक/एक विकेट लिए।

त्यस अघि टस हारेर पहिले ब्याटिड्ढो निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको योगफल बनाएको थियो। क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ४४ बलमा छ चौका र तीन छक्कासहित ६१ रन बनाए।

क्यानडाका लागि निकोलस किर्टाेनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाए भने श्रेयस मोम्भाले १६ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए। साथै आरोन जोनसनले १६ बलमा पाँच चौकाको मदतले २३ रन बनाए भने दिलप्रीत बजवाले ११ रन बनाए। परगट सिंह पाँच रनमा आउट भए।

अमेरिकाका अली खान, कोरी एन्डरसन र हरम्रित सिंहले समान एक/एक विकेट लिए। उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’मा छ। अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन्।

अमेरिकाले आप्mनो दोस्रो खेल यही जून ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ। विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजै हुने अर्काे खेलमा पपुवा न्यूगिनी र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here