नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन्। अमेरिकाको न्यूजर्सीमा भएको प्रतियोगितामा महिला ५० वर्षमुनि फ्री स्टाइल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण पदक जितेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।
राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महीनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो। यस अघि नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन्।