प्रस, वीरगंज, २० जेठ/

नेपाल रेडक्रस सोसाइटी पर्सा र जीतपुरसिमरा उपमहानगरपालिका–१४ बीच सम्झौता भएको छ।

जीतपुरसिमरा–१४ का बिरामीहरूरुलाई उपचारको क्रममा रक्तसञ्चार केन्द्रबाट आवश्यक पर्ने रगत निश्शुल्क उपलब्ध गराउनेबारे सम्झौता भएको हो।

केन्द्रले परीक्षणबापतको शुल्क लिंदै आएकोमा अबदेखि जीतपुरसिमरा–१४ का बासिन्दालाई निश्शुल्क रगत उपलब्ध गराउनेबारे रेडक्रसका सभापति वीरेन्द्रराज कँडेल र वडाध्यक्ष चयन गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

वडाध्यक्ष गुरुङले अबदेखि वडावासीले रगत परीक्षणबापतको शुल्क नतिर्नुपर्ने बताइन्।

रक्तसञ्चार केन्द्रले रक्तदान कार्यक्रममा सङ्कलन गर्ने रगतमा विभिन्न रोगको परीक्षण गर्ने र रगत सुरक्ष्Fित राख्ने आदि कार्यको लागि शुल्क लिने गरेको छ। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका निमित्त शाखा अधिकृत वीरशमशेरप्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव, मीना क्षेत्रीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here