सियोल, २० जेठ/एएफपी

उत्तर कोरियाले करीब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतवार बताएको छ।

सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखि प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्।

“उत्तर कोरियाले शनिवार साँझ ८ बजेदेखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन शुरू गरेको हो,” सियोलको ज्वाइन्ट चिफ्स अफ स्टाफ (जेसिएफ)ले एक विज्ञप्तिमा बताएको छ।

आइतवार बिहान करीब १० बजेसम्म प्रतिघण्टा लगभग २० देखि ५० का दरले लगभग ६०० बेलुन हावामा उडिरहेको पहिचान गरिएको थियो।

बेलुनहरू राजधानी सियोल र ग्योन्गी छेउछाउका क्षेत्रसहित दक्षिण कोरियाको उत्तरी प्रान्तहरूमा अवतरण गरिरहेका छन्। यो सामूहिकरूपमा दक्षिणको लगभग आधा जनसङ्ख्या बसोवार गर्ने क्षेत्र हो।

उत्तर कोरियाले यस हप्ताको शुरूबाट फोहोर बोकेका सयौं बेलुनहरू दक्षिणतर्फ पठाउन थालेको हो। सियोलले प्योङयाड्ढो उक्त कार्य तुच्छ भएको भन्दै यदि यस्तो तर्कहीन उक्साहट नरोके कडा प्रतिकारको चेतावनी दिएको

छ।

“हाम्रो सेनाले बेलुन छोडिएका स्थानहरूबाट निगरानी गरिरहेको छ र सार्वजनिक सुरक्षालाई प्राथमिकता दिंदै खसेका बेलुनहरू सङ्कलन गर्दैछन्,” उत्तर कोरियाले मङ्गलवारदेखि करीब ९०० फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाएकोमा कुनै खतरनाक पदार्थ फेला नपरेको जेसिएफले बताएको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here